यस्तो पो रहेछ, राष्ट्रिय जनमोर्चा भित्र खैलाबैला ल्याउने एमाले-माओवादी गठबन्धनको षडयन्त्रपूर्ण चाल

विजय राना, बागलुङ २०७४ असोज ३१ । एमाले माओवादी गठवन्धनले बागलुङ जिल्लाको १ नम्बर क्षेत्रमा निवर्तमान सांसद एवं पार्टी अध्यक्ष चित्रबहादुर केसीलाई उमेदवार बनाएमा राष्ट्रिय जनमोर्चा संग चुनावी तालमेल हुनसक्ने संभावना अघि सारेपछी राजमोले यसलाई एमाले माओवादीको गम्भीर चाल भनेर कडा टिप्पणी गरेको छ ।

स्मरणीय के छ भने, राष्ट्रिय जनमोर्चा बागलुङले जिल्ला पार्टी अध्यक्ष अमर थापालाई जस्तो सुकै परिस्थितिमा पनि उमेदवार परिवर्तन नहुने गरि पहिले नै निर्णय गरेको छ ।

यसैबीच राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले माओवादी–एमालेहरु आफ्नो पार्टीमा चलखेल गर्ने प्रयत्न गरेको भन्दै त्यस्तो दुस्साहस नगर्न चेतावनी दिएका छन् ।

अध्यक्ष थापाले आगामी मंसिर १० गते हुने संघ र प्रदेशको निर्वाचनको लागि पार्टीले सिफारिस गरेका व्यक्तिहरु बाहेक अन्यलाई उमेदवार गराउनु पर्छ भन्ने एमाले–माओवादीको तर्क जायज नभएको बताए ।

अध्यक्ष थापाले फलानो व्यक्ति भए हुन्छ नभए हुन्न भन्ने एमाले–माओवादीको तर्क षडयन्त्र पुर्वक आएको भन्दै त्यसबारेमा सचेत रहन कार्यकर्तालाई अनुरोध गर्दै मिल्ने कुरामा पार्टीले उठाएको उमेदवारलाई स्वीकार्नु पर्ने बताए ।

उनले माओवादी–एमालेको चरित्रले बाम एकतामा नै बाधा पुग्ने बताए । आफुहरु बाम चुनावी तालमेलकै पक्षमा रहे पनि एमाले–माओवादीको जनमोर्चा माथि खेल्ने प्रयत्नले सम्बन्ध बिगार्ने स्पष्ट पारे ।

जनमोर्चाले गरेको सिफारिस बिपरीत एमाले–माओवादी गठबन्धनले बागलुङमा चित्रबहादुर केसीलाई उमेदवार बनाउनु पर्छ भन्नु र प्युठानमा मोहन बिक्रमलाई उमेदवार गराउन आग्रह गर्नुले माओवादी–एमाले गठबन्धनले बाम गठबन्धनमा समस्या पैदा गरेको थापाको भनाई छ ।

थापाले चुनावको लागि सबै दलहरु संग तालमेलको सम्भावना बराबर रहेको समेत स्पष्ट पार्दै केन्द्रमा बामपन्थीहरु संगको तालमेलमा जोड दिइए पनि अहिलेको बागलुङको अवस्था फरक रहेको बताए । थापाले भने प्रजातान्त्रिक शक्ति संगको चुनावी तालमेलको सम्भावना कायम छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *