कस्तो रहेछ, नेपाल राष्ट्र बैँकको क्षुष्मदृष्टि !

बिमल खड्का, बागलुङ २०७४ असोज ३१ । यी दुई २० रुपयाँका नोटहरु यहाँ प्रस्तुत गर्नुको तात्पर्य यो नेपालकोे नोट (करेन्सी) हो भनेर देखाउन होईन, जिम्मेवार मान्छे कति सम्म लापर्बाही गर्छन भन्ने उदाहरणका यसमा देखिन्छ ।

यो नोट चलन चल्तीमा रहेको छ र बीस रुपयाँमै क्रयबिक्रय भैरहेकै छ । आम उपभोक्ताहरुलाई यति भए अरु चाहिने पनि केहि होईन । नोटमा लेखिएको पनि छ, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपियाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्रबैँकबाट रुपियाँ २० रुपियाँ बीस तुरुन्त पाईने छ ।’

तर यहाँ राखिएका रु २० का दुई नोट मध्य एकमा भाषागत गम्भीर त्रुटी रहेको छ । यस्तो त्रुटी रहेको नोट कसरी चलनचल्तीमा आयो ?, यो भाषागत त्रुटी (प्रुफ) हेर्ने जिम्मा कसको थियो ? भन्ने जिज्ञासा मात्र हो, ताकि भविष्यमा फेरी यस्तो गल्ती नदोहोरियोस ।

पाठकहरुलाई के त्रुटी रहेछ भन्ने खुलदुली लाग्नु स्वभाविकै हो, के हो त त्यो त्रुटीपूर्ण अन्तर पुन: हेरौँ तल्लो नोटमा लेखिएको छ ‘रुपियाँ बीस’ माथिल्लो नोट पाठकहरुले देखि हाल्नु भो, कस्तो रहेछ, नेपाल राष्ट्रबैँकको क्षुष्मदृष्टि !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *