गलकोट साँस्कृतिक महोत्सव सम्पन्न : भलिबलको उपाधी थ्री ब्रदर्श / डान्सको उपाधी सिञ्जालीलाई !

घनश्याम गौतम, गल्कोट २०७४ असोज ३० । गल्कोटको समग्र विकासको लागि नयाँ परिकल्पना भन्ने मुल नाराका साथ बागलुङ जिल्लाको गलकोट नगरपालिकाको बाड नं ६ मजुवा फाँटमा असोज १८ गतेदेखि सञ्चालित प्रथम गल्कोट सांस्कृतिक महोत्सव आज सम्पन्न भएको छ ।

समापन सामारोहका प्रमुख अतिथि तथा बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापाले महोत्सबले गलकोटको प्रर्यटन प्रबर्धनमा महात्बपूर्ण भुमिका खेलेकोे बताए । उनले महोत्सबले गलकोटको एैतिहासिकलाई चर्चामा ल्याएको बताउदै खेलकुद सस्कृतिको संरक्षणमा महत्बपुर्ण भुमिका खेलेको बताए ।

खुल्ला पुरुष भलिबल प्रतियोगितामा गल्कोट मोर्डनाईज एकेडेमी हरिचौरलाई पराजीत गदै थ्रि ब्रर्दश अटो वर्कमोबाईल हटियाले उपाधी जितेको छ । उपाधी संगै बर्कमोबाईलले नगद रु १ लाख २ हजार २ सय २२ पुरस्कार प्राप्त गरेको छ भने उपबिजेता बनेको गल्कोट मोर्डनाईज एकेडेमी हरिचौरले नगद ५२ हजार २ सय २२ रुपैया प्राप्त गरेको छ ।

त्यस्तै महोत्सबको आर्कषकको रुपमा रहेको गलकोट डान्स च्याम्पियन प्रतियोगितमा रिघाकी एसिया सिञ्जालीले डान्स च्याम्पियनको उपाधी जित्न सफल भएकी छन् । सिञ्जालीले उपाधी संगै नगद ५० हजारको साथमा एउटा म्युजिक भिडियोमा अभिनय गर्ने अबसर पाएकी छन् । त्यस्तै उपविजेता बन्न सफल हटियाकी सकुना खत्रीले नगद २५ हजार र तृतिय हने हरिचौरकी अशु मल्लले १५ हजार प्राप्त गरेका छन् । च्याम्पियनको सान्त्बना बिनीता बुढाथोकी बनेको आयोजकले जनाएको छ ।

महोत्सवमा गलकोट डान्स च्याम्पियन प्रतियोगीतमा आज टप ५ को बिचको प्रतिस्पर्धा सम्पन्न भएको छ । ५० हजार राशिको सो प्रतियोगीतमा दर्शकको भोटिङ ५० प्रतिशत र निर्णायकको ५० प्रतिशत अङकको आधारमा सञ्चालन गरिएको थियो ।

खुल्ला लोक दोहोरी गीत प्रतियोगीतामा सामुदायिक रेडियो गलकोट एफ एमले उापधी उचाल्दै नगद २५ हजार प्राप्त गरेको छ । उपबिजेता बडीगाड कलाकेन्द्र ग्बालिचौरले १५ हजार प्राप्त गरेको छ । त्यस्तै सान्त्बना बनेको बागलुङ कालीका सुनचादी पसल हटियाले १० हजार प्राप्त गरेको छ ।
खुल्ला रत्यौली गीत प्रतियोगितामा ८ समुहको प्रस्तुती रहेको थियो । रत्यौली प्रतियोगितामा नमुना आमा समुह मजुवा प्रथम, दुदिलाभाटी आमा समुह द्वितिय, एकता आमा समुह हटिया बजार तृतिय र नौविसे आमा समुह कालीमाटी सान्त्वना भएका छन ।

महोत्सवमा विभिन्न स्टलहरु सँगै मनोरञ्जनको लागि पिङहरुसमेत राखिएको छ । १२ वर्ष पछि गलकोटमा महोत्सव आयोजना गरिएकोले महोत्सवमा दर्शकको अत्यधिक भीडभाड भएको महोत्सव आयोजक मुल समारोह समितिका संयोजक हर्क पाण्डेले बताए । महोत्सवमा ख्यातिप्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुति रहेको थियो ।

समापनका दिन आज चर्चित कलाकारहरु विष्णु खत्री, दुर्गेश थापा, देव साहानी, ईश्वर सिंह, चोलेन्द्र पौडेल, किरन थापा लगायतको सांगीतिक प्रस्तुति रहेको थियो ।

कार्यक्रम मुल समारोह समितिका संयोजक हर्क बहादुर पाण्डेको अध्यक्षता, सचिब रामप्रसाद कडेलको स्बागत तथा सामुदायिक रेडियो गलकोट एफ एमका स्टेशन प्रमुख घनश्याम गौतम र गलकोट खबर अनलाईनका प्रमुख थम्मन थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *