जातिय विभेद अन्त्यको लागि कठोरता पूर्वक कानूनको कार्यान्वयन हुनु पर्छः निवर्तमान सांसद पुन

विजय राना, बागलुङ २०७४ असोज ३० । निवर्तमान सांसद मिना पुनले समाजमा रहेको जातिय विभेद अन्त्य गर्नको लागि कठोरता पुर्वक कानुनको कार्यन्वयन गर्नु पर्नेमा जोड दिएकी छन् ।

सोमबार नेपाल कानुन समाज धौलागिरीले बागलुङमा आयोजना गरेको जातीय भेदभाव तथा छुवाछुतको कसुुर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको बारेमा भएको अन्तरक्रियामा बोल्दै पुनले एक्काइसौँ शताब्दीमा पनि जातिय विभेद हुनु दुःखद रहेको बताईन् ।

पुनले नेपाली समाजमा रहेकोे जातिय विभेद विस्तारै अन्त्य हुन्छ भन्नु पुरातनवादी सोच भएको बताउँदै विभेद जस्तो कुसंस्कारलाई बलपुर्वक अन्त्य गर्नु पर्नेमा जोड दिईन् ।

जातिय छुवाछुत अन्त्य गर्नको लागि कठोरतापूर्वक कानुनको कार्यन्वयन गर्नुको विकल्प नरहेको बताउँदै राजमो नेतृ पुनले नागरिकको तर्फबाट पनि छुवाछुत जस्तो अपराधलाई शुन्य सहिष्णुताका नीति अबलम्बन गर्नु पर्ने स्पष्ट पारिन् ।

कार्यक्रममा सहभागि दलित अधिकारकर्मीहरु नागरिक समाजका प्रतिनिधि, कानुन व्यवसायीहरुले कानुनमा जातिय छुवाछुत तथा विभेद गर्नेलाई सजायको व्यवस्था गरिए पनि प्रभावकारी कार्यन्वयनको अभावमा विभेद गर्नेहरुले उन्मुक्ति पाइरहेको बताएका थिए ।

सहभागिले विभेद तथा छुवाछुतको रुप समेत बदलिएको बताएका थिए । समाजमा अहिले पनि जातिय विभेद उत्तिकै मात्रामा रहेको बताउँदै देखावटी रुपमा कानुनको आँखा छल्ने गरि विभेदको रुप बदलिएकोमा चिन्ता व्यक्त गरिएको थियो ।

कार्यक्रममा अधिवक्ता मिलन श्रेष्ठले जातिय भेदभाव तथा छुवाछुतको कसुर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, विधेयक तथा सामाजिक व्यवहार सुधार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयकको बारेमा सहजिकरण गरेका थिए ।

कार्यक्रमको सञ्चालन नेपाल कानुन समाज धौलागिरीका प्रमुख राम शर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *