बडीगाड- २ सिमलचौरमा खुल्ला भलिवल प्रतियोगिता सुरु, २७ टिमको सहभागिता

कमल पौडेल, ागलुङ (खर्वाङ) २०७४ असोज ३० । दीपज्योति युवा परिवार बडीगाड गाउँपालिका वडा नं. २ सिमलचौरको आयोजनामा खुल्ला भलिवल प्रतियोगीता सरस्वती प्राविको प्राङ्गण सिमलचौर नेटामा सुरु भएको छ । २७ टिमको सहभागिता रहेको आजको प्रतियोगितामा ८ टिमको पहिलो चरणको खेल सम्पन्न भएको छ ।

आज भएको खेलवाट शितल युवा क्लव, बडीगाड २ राक्से, जनसेवा युवा क्लव बी बडीगाड १ तुन्डाडा, रेस्क्यू युथ फोर्स मुसिकोट नगरपालिका २ मुसिकोट र सनराईज युवा परिवार ए बडीगाड २ दनियाँ दोश्रो चरणमा प्रवेश गरेका छन् ।

आज सम्पन्न खेलको उद्घाटन, भलिबल प्रतियोगिताको प्रथम तथा व्दितिय पुरस्कारका प्रायोजक चुमाकान्त पोखरेल र टेकनारायण सापकोटाले गरेका थिए ।
कार्यक्रम खेल संयोजक सुवास रानाको अध्यक्षता तथा कोषाध्यक्ष वावुराम पौडेल र सदस्य वुद्ध पौडेलको संचालनमा सम्पन्न भएको थिया ।

खेल भोलि विहान ७ वजेवाट सुरु हुने र पहिलो खेल जनसेवा युवा क्लव गुल्मी र रिभरहिल युवा क्लव खर्वाङ विच रहेको युवा परिवारका अध्यक्ष गणेशमान चालिसेले जानकारी दिए । कार्तिक १ गते कार्यक्रमको समापन संगै सहयोग दातालाई सम्मान तथा कलाकारहरुको प्रस्तुती तथा नृत्य लगाएतका विविध प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरिएको अध्यक्ष चालिसेले बताए ।

कार्तिक १ गते हुने कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपाध्यक्ष विष्णु भुसालको आतिथ्यता रहने आयोजकले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *