मुसिकोटमा नेपाल राष्ट्रिय शिक्षक संगठनको वैठक सम्पन्न

कमल पौडेल, गुल्मी २०७४ असोज ३० । नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन मुसिकोट नगर कमिटि गुल्मीको पदाधिकारीहरुको वैठक आज वामी टक्सारमा सम्पन्न भएको छ।

वैठकले मुसिकोट नगरपालिका भित्र संगठनले गर्नुपर्ने कार्यहरुको खाका तयार गरेको छ । वैठकमा मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्ले, शिक्षक संगठनका जिल्ला उपाध्यक्ष ज्ञानहरी सापकोटा, शिक्षक इन्चार्ज रामकृष्ण कँडेल लगाएतको सहभागिता रहेको थिया ।
वैठक संगठनका अध्यक्ष राम वहादुर थापाको अध्यक्षता, तथा सचिव वुद्धिमणि खरेलको संचालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *