हटियालाई स्वच्छ, सफा र पर्यावरणीय बजार बनाउने अभियानमा युवा वडाध्यक्ष भण्डारी

कौरव खत्री, बागलुङ २०७४ असोज २० । गल्कोट नगरपालिका हटियालाई स्वच्छ र सफा बजार बनाउन स्वयं वडा अध्यक्ष नै सरसफाई अभियानमा जुटेका छन्।

नगरपालिकाको वडा नं. ३ का युवा वडाअध्यक्ष वीरजङ्ग भण्डारी गल्कोट नगरपालिका वडा नं. ३को मुख्य केन्द्र हटिया बजारलाई एउटा नमूना र स्वच्छ, सफा सुन्दर बजारको निर्माण र विकास गर्न स्वंय फोहोर व्यवस्थापन तथा सरसफाई अभियानमा सक्रिय रहेका छन् ।

गल्कोट नगरपालिकाको वातावारण तथा विपत् व्यवस्थापन समितिका संयोजकको जिम्मेवारी सम्हाल्दै आएका अध्यक्ष भण्डारी, कुनै पनि कामको सुरुवात आफैबाट गनुपर्छ भन्ने मान्यताले सोमबार बजारका चोक, गल्ली एवं नालीहरु र बाटोघाटो लगायतमा छरिएर रहेका फोहोर मैलाको उचित व्यवस्थापन गर्न सुरक्षाकर्मी, स्थानीय समाजसेवी, व्यापारी, युवा महिला लगायतको टोलीको नेतृत्व गर्दै सरसफाई अभियानमा जुटे ।

गल्कोट नगरपालिका वडा नं. ३ अन्तर्गत पर्ने हटिया बजार यस क्षेत्रकै व्यापारिक केन्द्र भएको हुदा बजार परिसर वरिपरीको फोहोर व्यवस्थापन गरेर सुन्दर शान्त स्वच्छ वातावरण कायम गर्ने हेतुले आफूले बजारलाई नमूना बजारको रुपमा विकास गदै सफा सुग्घर गराउदै समाज सुधारको एउटा नमूना कार्यको थालनी गर्ने अभियानमा लागेको अध्यक्ष भण्डारीले ईबागलुङलाई बताए ।

पछिल्लो समयमा बजार क्षेत्रमा सवारी साधनको चाप बढ्दै जान थालेपछि ट्राफिक नियमलाई अझ प्रभावकारी बनाउदै पैदल यात्रीहरुलाई सहज रुपमा बाटोको साइडबाट हिड्ने गरि फुटपाथको अवधारणा समेत अगाडी बढाउने र बजार क्षेत्रमा सडक बत्ति जडान गर्न जस्ता कार्यमा क्रियाशील रहेको अध्यक्ष भण्डारीले बताए ।

गल्कोट क्षेत्रलाई व्यापारिक, पर्यटकीय एवं साँस्कृतिक क्षेत्रका रुपमा परिचिते गल्कोट क्षेत्र अन्तर्गतको हटिया बजारलाई एउटा नमूना सुन्दर शान्त र स्वच्छ बजार निर्माण र विकास गर्नका लागि आफूले निरन्तर काम गरिरहने अध्यक्ष भण्डारीको प्रतिवद्धता थियो ।
तस्वीर ःकौरव खत्री

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *