असोज ७ देखि हराएका बुर्तिबाङका युवक मृतअबस्थामा फेला

छबिलाल पाण्डे, बुर्तिबाङ २०७४ असोज ३० । गत असोज ७ गते राति घरबाटै हराएका ढोरपाटन नगरपालीका १ बुर्तिबाङका एक युवक सोमबार बिहान २३ दिनपछि भुजीखोला किनारमा मृत फेला परेका छन् ।

मानसिक सन्तुलन गुमेका २१ बर्षिय सुनिल कुवँर घरबाट राति भागेको र त्यस दिनदेखि परिवार र स्थानीय प्रहरीले खोजी कार्य जारी राख्दा फेला नपरेका उनको सोमबार बिहान स्थानीयले नदी किनारमा पुर्ण रुपमा सडेको अबस्थामा शव फेला पारेसँगै ईलाका प्रहरी बुर्तिबाङलाई खबर गरेका थिए ।

शबको बिषयमा ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र परिवारले अनुसन्धान गर्दा सुनिलकै शव भएको प्रहरी निरीक्षक कृष्ण रानाले बता ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *