प्रवास : मेलबर्नमा लक्ष्मी जयन्तीमा कवियत्री ‘तुफान’को ‘पर्खिरहेको घर’ बिमोचन

कोबर्ग, मेलबर्न, २०७४ असोज ३० (१६ अक्टोबर) भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनको प्रमुख आतिथ्यतामा मेलबर्नको कोबर्गस्थित बिगबेली रेष्टुरेन्टमा महाकबी लक्ष्मी प्रसाद देबकोटाको १०८ औ जन्म जयन्ती, दीपावली शुभ(कामना आदान प्रदान र साथमा मेलवर्न निवासी कवियत्री पार्वती पहारी ‘तुफान’ व्दारा लिखित दोश्रो कृति ुपर्खिरहेको घर’को बिमोचन कार्यक्रम एकै साथ गरिएको छ । नेपालीमा एम एड गरेकी कवियत्री पहारीव्दारा यस अघि ‘बाटो छेक्छन जून ताराले’ प्रकाशित’गरिसकेकी छन् ।

कार्यक्रमका प्रमुख अतिथि भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनले तिहारको शुभ(कामना ब्यक्त गर्दै कवियत्री पार्वती पहारीलाई बिदेशको ब्यस्त जीवनका बाबजुद पनि समय निकालेर निरन्तर साहित्यिक रचना लेख्दै दोश्रो पुस्तक प्रकाशित गरेकोमा बधाई ज्ञापन गरे ।
आयोजक साहित्य(संगीत जमघटलाई यस किसिमका कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्दै यस्तै श्रस्टा र कार्यक्रमले गर्दा नै नेपाली भाषा र साहित्य बिदेशमा पनि सशक्त रुपमा फैलिरहेको बिचार ब्यक्त गरे।

लुम्बिनी(कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले छन्दमा कविता लेख्न धेरै किसिमका सीमा र नियमभित्र बसेर लेख्नु पर्ने भएकोले गोपाल प्रसाद रिमालले गद्यमा कविता लेख्न शुरु गरेपछी नेपाली कविता ईतिहासले नयाँ मोड लिएको र यस्ले गर्दा नेपाली साहित्य क्षेत्रमा धेरै कविहरुको जन्मने बातावरण सिर्जना हुन पुगेको चर्चा गरे ।

श्रेष्ठले स्तरीय रचना सिर्जना गर्न सकिएको खण्डमा थोरै सिर्जनाले पनि राम्रो परिचय स्थापित गर्न सकिने चर्चा गर्दै जसरी ुआमाको सपनाु ले गोपाल प्रसाद रिमाल, ुघुम्ने मेचमाथि अन्धो मान्छेु ले भूपी शेरचन, ुमनु ले लिलाध्वज थापालाई चिनाउन पर्याप्त छन त्यसरी नै बिमोचित ूपर्खिरहेको घरू पार्वती पहारीको पर्यायबाची बन्न सकोस भन्ने शुभेच्छा ब्यक्त गरे ।

साहित्यकार एबं मनमती साहित्यिक पत्रिकाका संपादक श्रीधर पौडेलले बिमोचित कविता संग्रह ुपर्खिरहेको घरु को समीक्षा गरेका थिए।

कार्यक्रममा बिद्या पौडेल, माधव पौडेल, इश्वरी पौडेल, अनन्त पौडेल, डा अनुपम पोखरेल, दिकपाल पंगेनी, डा साबित्रा काफ्ले, हेम नेपाल, उत्तम पन्तले कविता वाचन गरेका थिए भने रामजी पौडेल, अशोक खतिवडा र बम योन्जनले गीत गाएका थिए।

दिदी(बहिनी समाज भिक्टोरिया, क्र्यागिबर्न समाज, न्याभ, एनआरएन र एभरेस्ट प्रपर्टी एण्ड फाइनान्सले कार्यक्रमलाई सहयोग गरेका थिए भने उपस्थिति जनाउन असमर्थ संस्थाहरुले कार्यक्रमको सफलताको कामना गर्दै पार्बती पहारीलाई बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रममा श्रस्टाद्धारा अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जन, लुम्बिनी(कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ, साहित्यकार एबं मनमती साहित्यिक पत्रिकाका संपादक श्रीधर पौडेल र न्याभका अध्यक्ष डा अनुपम पोखरेललाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रमको सन्चालन पत्रकार वासुदेब मरहट्टाले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *