झिलीमिली विजुलीले दियोमा बत्ती बाल्ने प्रचलन हरायो

घनश्याम गौतम, गल्कोट २०७४ असोज २९ । बिजुली बत्तीको प्रयोगले दीपावली (भाईतिहार)मा दियोको बत्ती बाल्ने प्रचलन हराएको छ । दीपावलीमा माटोेको दियो बाल्ने चलनलाई आधुनिक झिली मिलि –झिमझिम) बल्ने बिजुली बत्तीले विस्थापित गरेको छ । मैनबत्ती बाल्ने प्रचलन केहि वर्ष अघी सम्म चलेपनि पछिल्लो समय विजुलीको झिलीमिली बत्तीले मैनवत्तीलाई पनि बिस्थापित गर्न थालेको छ ।

यमपञ्चकको पहिलो रातदेखि माटोले बनाइएको पाला दियोको बत्तीको सट्टा गाउँ शहरमा अहिले आधुनिक बिजुलीे बत्ती मात्र प्रयोग भएको देखिन्छ । दियो बाल्दा महँगो हुनुका साथै झन्झटीले हुनाले दियोको सट्टा मैनबत्ती बाल्ने गरिन्थ्यो अहिले त्यो पनि हराएको छ । अहिले दीपावलीमा स्थानिय बजार तथा गाउँहरुमा बिजुलीबाट बल्ने बत्तिको प्रयोग हुने गरेको स्थानियको भनाई छ ।

पछिल्लो समयमा गलकोटका स्थानिय बजार तथा गाँउ तथा बजारमा पनि झिलिमीली बिजुली बत्तिको प्रयोग अत्याधिक रुपमा बढेको हो । माटोको दियोमा बालिने तथा मैनबत्तीको प्रयोग अत्यन्त कम भएको स्थानिय सुगम रेग्मीले बताए ।

प्रत्येक वर्ष दीपावली र छठ पर्वको समयमा गलकोटमा करिब ३ देखी रू ५ लाखबराबरको झिलीमिली बत्तीको कारोबार हुने उद्योग वाणिज्य संघ गलकेटका अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताए । गलकोटमा केन्द्रीय बिद्युतको जडान भए लगतै झिलिमिली बत्तीको प्रयोग गर्न थालिएको हो । गलकोटमा अहिले न्युनतम एक सय देशी ३ हजार सम्मका झिलिमीली बत्ती बिक्रि हुने गरेको स्थानिय ब्यबसायीको भनाई छ । तिहार आउन केही दिन बाँकी रहदा पनि हिजो आज भिलिमिली बत्ती किन बेच सुरु भएको छ ।

गलकोटमा आयोजीत प्रथम गलकोट सास्कृतिक महोत्सब २०७४ का अवसरमा राखिएका स्टलमा पनि बत्तिको निकै बिक्रि भएको बताइएको छ । स्थानिय स्टल ब्यपारीका अनुसार झिलिमिलि बत्ती र सजावटका सामान बत्तिको बिक्री दैनिक १५ देखी ४० हजार सम्म हुने गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *