विरोधको नयाँ शैली : अखिल नेपाल ट्रेड युनियन पर्वतले टेलिकमका हाकिमको कुर्सी उल्टायो !

महेन्द्र केसी, पर्वत २०७४ असोेज २९ । अखिल ट्रेड युनियन महासंघ जिल्ला शाखा पर्वतले नेपाल टेलिकम पर्वतका निमित्त प्रमुख केशब भुषाल र लेखापालको कुर्सी उल्टाई दिएर विरोध जनाएको छ । विगत ८ बर्षदेखि निरन्तर नेपाल टेलिकम पर्वतमा कार्यरत कर्मचारीलाई विना कारण सरुवा गरी आफ्नो नातेदार राख्नको लागि टेलिकमका निमित्त प्रमुख केशब भुषाल र बागलुङ टेलिकमका प्रमुख केशव शर्माको मिलेमतोमा कर्मचारी निकाल्ने योजना बनाएको भन्दै पहिलो चरणको आन्दोलन स्वरुप आईतबार पर्वत टेलिकमका हाकीमको कुर्सी उल्टाएर विरोध गरेको एक विज्ञप्ती मार्फत जनाईएको छ ।

ट्रेड युनियनले विज्ञप्तीमा लामोसमय कार्यालय प्रमुख विहीन बनाइ आफ्नो खुशीले कार्यालय संचालन गरेको समेत भुषालमाथि आरोप लगाइएको छ । साथै काम गर्ने क्रममा दबाब दिने र व्यक्तिगत रिसिबीमा सरुवा गर्ने परिपाटी रहेको समेत महासंघले जनाएको छ ।
महासंघका सचिव प्रेम शर्मा र कोषाध्यक्ष माया नेपालीको संयुक्त हस्ताक्षर रहेको उक्त विज्ञप्ती सो कार्य निन्दनीय भएकोले तत्काल सच्याउन माग गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *