केकुलेको भीरको ढुङ्गा खसेर एक युवकको मृत्यु

प्रेम सुनार, गुल्मी २०७४असोज २९ । अहिले साँझ केहि वेर अघि तम्घास अर्खले नयाँगाउँ प्युठान सडक खण्डको केकुलीको भीरबाट ढुङ्गा खसेर लाग्दा एक जनाको ज्यान गएको छ । रेसुङ्गा नगरपालिका वडा नम्वर ४ को रैदीमा बाटो हिड्दै गरेका नाम नखुलेका अन्दाजी ३५ वर्षिय पुरुषको ज्यान गएको घटना स्थलमा पुगेका प्रहरीले बताएका छन् ।

उक्त सडकको स्तरबृद्धि गर्ने क्रममा विशाल चट्टान रहेको केकुलीको भिरमा केहि दिन अघि वलाष्टिङ्ग गर्दा सिङ्गो पहाड नै खसेर सडकको समेत नामोनिशान मेटाई दिएको थियो । मृत्यु हुने कहाँका र को व्यक्ति हुन भन्ने हुलिया नखुलेको प्रहरीले जानकारी दियो ।

घटना स्थलमा पुगेका प्रहरी नायव निरीक्षक शिव खत्रीले दिएको जानकारी अनुसार मृतकको टाउँमा गम्भीर चोट लागेको छ ।

माथीबाट ढुङ्गा खस्दै गरेको र ती व्यक्तिको टाउँकोमा बज्रिएको देख्ने स्थानिय भएको खत्रीले बताए । केकुलेको डाँडो नै वलास्टिङ गर्ने क्रममा खस्दा जोखिम पुर्ण बनेको छ तल रैदीको यात्रा र स्थानियवासीलाई ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *