हिल घुस्मेलीमा यस बर्षपनि हरिबोधिनी एकादशी मेला

शान्त खत्री मौसम, त्रिशुली युवा क्लब ताराखोला गाउँपालिका-३ घुस्मेलीले यस बर्ष पनि हरिबोधिनी एकादशी मेला मनाउने भएको छ । ू घुम्टे हाम्रो सान ,पर्यटन बिकास हाम्रो अभियान भन्ने मुलनारा सहित संचालन हुदै आएको मेला यस बर्ष पनि विविध प्रतियोगिताका साथमा त्रिशुली नदीमा लोक बाजा , भजन सहित ३६५ हात लामो तोरण तार्नुका साथै राष्ट्रिय स्तरका चर्चित तथा स्थानीय कलाकारको प्रस्तुति समेत रहने कार्यक्रम संयोजक जीवन बस्नेतले बताए ।

कार्तिक १० गतेदेखि १४ गतेसम्म संचालन हुने मेलामा खुल्ला वार्ड स्तरीय पुरुष भलिबल प्रतियोगिता , भुपु भलिबल प्रतियोगिता नयाँ संरचनाको वार्ड स्तरीय रहने बताईएको छ । त्यस्तै कार्यक्रमकोमा एकल नृत्य र सोलो बाईक रेस संचालन हुने सचिव गणेश कार्कीले बताए । बागलुङ जिल्लाकै मिनी महोत्सवको रूपमा संचालन हुने कार्यक्रमको अवधि भर हजारौं ( हजार दर्शनले अवलोकन गर्ने अनुमान गरिएको उपाध्यक्ष खडक बहादुर कार्कीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *