वामीको ढाव्रोटमा प्रतियोगीतात्मक खेलकुद तथा साँस्कृतिक कार्यक्रमको उद्घाटन

कमल पौडेल, बागलुङ (खर्वाङ) २०७४ असोज २९ । वामी स्टार ग्रुप मुसिकोट नगरपालिका वडा नं. ७ ढाव्रोटको आयोजनामा विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आज उद्घाटन गरिएको छ। कार्यक्रमको उद्घाटन गर्दै मुसिकोट नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष प्रकाश काफ्लेले युवाको उर्जाशिल समय देशको विकासमा खर्चिने वातावरण अव राज्यले सिर्जना गर्ने वताए । भाषा तथा संस्कृति समाजको पहिचान भएको र त्यसलाई युवाहरुले संरक्षण गर्नुपर्ने भन्दै, उनले देशको भविष्य संग नागरिकको भविष्य जोडिने हुँदा समाज विकासमा लाग्न युवालाई आग्रह गरेका छन् ।

कार्यक्रममा समाजसेवी रामकृष्ण कँडेल, वडा नं. ८ का वडा अध्यक्ष नारायण सापकोटा, उद्योग वाणिज्य संघ मुसिकोट नगर समितिका अध्यक्ष सुदर्शन शाक्य लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष लोकनाथ सापकोटाको अध्यक्षता, भुवन काफ्लेको स्वागत मन्तव्य तथा विवेक काफ्लेको संचालनमा सम्पन्न भएको थियो ।

३ दिन सम्म चल्ने कार्यक्रममा खुल्ला पुरुष भलिवल प्रतियोगीता, तथा राष्ट्रिय कलाकारको साथमा साँस्कृतिक कार्यक्रम संचालन गरिने आयोजकले जनाएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *