ग्वालीचौर श्रोत केन्द्रको वैठक सम्पन्न नवागत श्रोत व्यक्ति पौड्यालको स्वागत

कमल पौडेल, बागलुङ (खर्वाङ) २०७४ असोज २९ । ग्वालीचौर श्रोत केन्द्रको नियमित वैठक आईतवार भानु मावि ग्वालीचौरमा सम्पन्न भएको छ । ग्वालीचौर श्रोत केन्द्र भित्रका प्रधानाध्यापकहरुको सहभागिता रहेको वैठकले नयाँ श्रोतव्यक्ति चिरन्जीवी पौड्याललाई स्वागत गरेको छ । श्रोत व्यक्ति सोमनाथ पौडेलको सेवाबाट अनिवार्य अवकाश भएपछि ग्वालीचौर श्रोत केन्द्रको श्रोत व्यक्तिको रुपमा चिरन्जीवी पौड्याल आएका हुन् ।

वैठकले आर्थिक वर्ष २०७५÷७५ को लागी भौतिक विस्तार योजनाको प्राथमिकिकरण गरेको छ । जसअन्तर्गत चारकोठे भवन तर्फ लौंगा मावि वडीगाड ४ जलजला, २ कोठे भवन तर्फ चण्डीथान प्रावि, बडिगाड २ दनिया, शौचालय तर्फ खड्कदेवी मावि बडिगाड १ तुन्डाडा, र मर्मत तर्फ देउराली प्रावि वडिगाड ५ ग्वालीचौरलाई पहिलो प्राथमिकतामा राखेको छ ।

वैठकमा सवै विद्यालयका प्रधानाध्यापकहरुले मौखिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वैठक श्रोत व्यक्ति चिरन्जीवी पौड्यालको अध्यक्षता तथा त्रिभुवन माविका प्रधानाध्यापक ढालमणि भण्डारीको संचालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *