मातृभूमि सहकारीको साधारणसभा : दीगो विकासका लागि जुटौ – जि.सी.

बागलुङ, २०७४ असोज २९ । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले सहकारी अभियान मार्फत मुलुकको दीगो आर्थिक विकास संभव भएकाले पर्नेमा जोड दिएका छन्।

मातृभुमी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको नवौ वार्षिक साधारणसभाको उद्घाटन पछि बोल्दै जिसीले सहकारीको योगदानलाई सबै क्षेत्रले मनन गर्नु पर्ने बताए ।

सहकारीमार्फत ग्रामिण क्षेत्रका जनताले ठुलो उपलब्धी गरेका छन्, आयआर्जन र वचत परिचालन गरी वित्तीय रुपमा देशलाई आत्मनिर्भर बनाउन सहकारी क्षेत्रले गरेको योगदानका मूल्यांकन हुन नसकेको उनले बताए ।

सहकारी विकासको सारथी हो, आम जनतालाई स्वरोजगारतर्फ अग्रसर बनाउन र समाज विकासमा योगदान गर्नका लागि सहकारी क्षेत्रको प्रभावकारीता रहेको दावी गर्दै जिसीले यो क्षेत्रको प्रवद्र्धनका लागि सरोकारवालाहरुको ध्यान पुग्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पस बागलुङका प्रमुख रामप्रसाद उपाध्याय, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीष, काठमाडौं जिल्लाका सरकारी वकिल कृष्णराज पन्तले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभामा संस्थाले जेष्ठ शेयर सदस्य उपेन्द्र राज पन्तलाई सम्मान गरेको थियो । उत्कृष्ट कृषि उद्यमी अशोक थापा, उत्कृष्ट ऋणी महिलाबाट यज्ञमाया उपाध्याय, पुरुषबाट दलबहादुर कार्की, उत्कृष्ट बचतकर्ता शान्ति ढकाल, उत्कृष्ट बाल बचतकर्ता सुगम के.सी, उत्कृष्ट कर्मचारी हेमा श्रीस, एसईइमा सबैभन्दा बढी अंक प्राप्त गर्ने शेयर सदस्यका छोरातर्फ सुजन पौडेल, छोरीतर्फ अस्मिता शर्मालाई पुरस्कृत गरिएको थियो । संस्थाको शेयर पुँजी २ करोड १ लाख ४५ हजार २ सय र यस वर्षको नाफा एक लाख चौरासी हजार पाँच सय अठहत्तर रहेको सो अवसरमा जानकारी दिइएको थियो ।

कार्यक्रम सहकारीका अध्यक्ष गुणराज पौड्यालको अध्यक्षता, शिक्षा समिति सदस्य गोविन्द वझाको स्वागत मन्तव्य र सचिव रामप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यसैबीच साधारणसभाले आगामी ३ वर्षका लागि पुनः गुणराज पौड्यालको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा रामचन्द्र शर्मा, सचिवमा रामप्रसाद शर्मा, सहसचिवमा हेमराज पन्त, कोषाध्यक्षमा केदारनाथ पौडेल तथा सदस्यहरुमा लालबहादुर केसी, कृष्णगोविन्द राजभण्डारी, रन्जु पन्त केसी, जिवन काउचा थापा, मिना पन्त जोशी र इन्दिरा भुषाल रहेका छन् । यस्तै लेखा समितिको संयोजकमा सुरेन्द्र आचार्य र सदस्यहरुमा ज्ञान कुमारी श्रीस र माया पाण्डे रहेको संस्थाले जनाएको छ ।

यसैबीच संस्थाले नेपाल पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माणका लागि ५ हजार ५ सय ५५ रुपैया आर्थिक सहयोग गरेको छ । संस्थाका अध्यक्ष गुणराज पौड्यालले महासंघका अध्यक्ष दिल शिरिषलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *