तिहारको मुखैमा प्रहरीले बेनीमा जुवाको खालबाट ७ जना पक्राउ गरेपछी जुवाडेहरु थर्कमान !

म्याग्दी, २०७४ असोज २८ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले शनिवार ७ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । उनिहरुलाई बेनी नगरपालिका- ८ पिपलचोकको एक होटेलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिईएका जुवाडेहरुको नाम सार्वजनिक गरेको छैन । जुवाको खालबाट कति रकम बरामद भएको थियो त्यो विवरण पनि प्रकाशमा आएको छैन ।

प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्का जिल्ला प्रहरी कार्यालय म्याग्दीमा सरुवा भएर आएपछि बेनी बजारलाई जुवा मुक्त क्षेत्र बनाउने अभियानको यो दोश्रो सफलता हो ।

म्याग्दी आएको लगत्तै प्रनाउ खड्काको सक्रियतामा बेनी नगरपालिका- ७ को बैकरोड नजिकको घरबाट एक महिला सहित ८ जना जुवाडेहरु पक्राउ गरेर कार्बाही चलाईएको थियो ।

पछिल्लो समय बेनी बजारमा घरको च्यानल गेटमा लाल्चा लगाएर माथि तलामा जुवाखेल हुने गरेको पाईएको छ । प्रहरीले सुराकीको आधारमा जुवाडेहरुलाई बैँक रोड नजिकको च्यानल गेट लगाएर घरको तीन तलामाथी जुवाडेहरुलार्ई पक्राउ गरेको थियो ।

प्रहरीले बेनपा- ७ बाट ८ जना र ८ बाट ७ जना जुवाडेहरुलाई नियन्त्रणमा लिएर कार्बाही सुरु गरेपछी जुवाडेहरु तिहारको मौकामा थर्कमान परेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *