बुर्तिवाङमा आयोजित कोजाग्रत पूर्णिमा मेला सम्पन्न, प्रमखु अतिथी नेपालीव्दारा पुरस्कार वितरण

बिमल खड्का, बुर्तिवाङ २०७४ असोज २८ । पूर्व घोषित कृषि प्रदर्शनीको आयोजना नगरिकनै बुर्तिवाङ राईजिङ युवा क्लबको १५ औँ वार्षिकोत्सव तथा कोजाग्रत पूर्णिमा मेला शुक्रवार राति ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको प्रमुख आतिथ्यतामा समापन भएको छ । समापन कार्यक्रममा प्रमुख अतिथी नगरप्रमुख नेपालीले विजयी टीम र खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

आठ दिन सम्म सन्चालित मेलामा पुरुष तथा महिला भलिबल, स्लो बाईक रेस, दोहोरीगीत, नृत्य, पुरुष तथा महिला छेलो लगायतका प्रतियोगिताको आयोजना गरिनुका साथै राष्ट्रिय तथा स्थानीय लोकदोहोरी कलाकारहरुले सांगीतिक प्रस्तुति दिएका थिए ।

समापनका दिन शुक्रबार भएको दोहोरी गीत प्रतियोगितामामा बुर्तिवाङ रेडियो प्रथम र सिटी हस्पिटल दोश्रो भएका छन् । यसैगरी हाजिर जावफ प्रतियोगितमा खड्ग मावि बडीगाड गाउपालिका प्रथम र रिभरहेड ईन्टनेशनल व्दितिय भएको छ । उता गु्रप डान्स प्रतियोगितामा बुर्तिबाङ डान्स सेन्टर प्रथम र न्यु मोडर्न एकाडेमि व्दितिय भएका छन भने आयोजित कार्यक्रमा पुरष छेलो प्रतियोगितामा मिलन दावेले प्रथम र कमल थापा व्दितिय भएका छन । तारा खेल प्रतियोगितामा दोभान आचरि कल्व बेनी प्रथम तारा समुह बुर्तिबाङ दितिय र तमान गाउँपालिका तृतीय भएका छन ।

प्रस्तुत छ, सहयोगी दिपक पराजुलीले खिचेका तस्वीर एवं चलदृश्यहरु-



फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *