हजार दिनभित्रका आमाहरुलाई अण्डा खुवाएर अण्डा दिवस मनाईयो

छविलाल पाण्डे, बुर्तिवाङ २०७४ असोज २८ । ढोरपाटन नगरपालिकाको सँयोजन तथा सुआहारा कार्यलयको आयोजनामा बुर्तिबाङमा
२० औँ बिश्व अन्डा दिवस बिशेष कार्यक्रमका मनाईएको छ ।

“अण्डा खाऔँ स्वस्थ रहौँ ” भन्ने मुल नाराका साथ बुर्तिबाङ स्थित प्राथमिकस्वास्थ्य केन्द्रमा १ हजार दिनभित्रका गर्भवती महिला, सुत्केरी , तथा स्वास्थ्य स्वयम सेविकाको बिचमा अण्डाको नियमित प्रयोग, अण्डा प्रयोगबाट हुने फाईदा, बच्चालाई अण्डा खुवाउँदा हुने फाईदा लगाएतका बिषयमा जानकारी गराउँदै यस क्षेत्रका एकसय जना एकहजार दिनभित्रका आमाहरुलाई अण्डा खुवाउँदै प्रत्यकलाई १२÷१२ गोटा अण्डा बितरण गरिएको हो ।

ढोरपाटन नगरपालीका उपप्रमुख कर्मती पुनको अध्यक्षतामा भएको कार्यक्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेब रितुवर्ण पौडेल, ढोरपाटन नगरपालीका वडा नँ २ का अध्यक्ष युवराज महत, वडा नँ ३ का अध्यक्ष हेमेन्द्र घर्ति, सुआहारा कार्यक्रम फिल्ड सुपर भाईजर सन्तोष पोख्रेल, पशुसेवा केन्द्र बुर्तिबाङका प्रमुख खुमानन्द रिजाल पत्रकार लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम कविता कुवँरको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *