मन्त्री परिषद बिस्तार : कमल थापा उपप्रधानमन्त्री सहित राप्रपाका ८ जना मन्त्री

काठमाडौ २०७४ असोज २७ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री परिषद बिस्तार गरेर मन्त्रीको संख्या ६४ पु-याएका छन् । मन्त्री परिषदको पछिल्लो बिस्तारमा राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री सहित चार मन्त्री र चारजना राज्यमन्त्री गरी ८ जना मन्त्री थपिएका हुन । थपिएका मन्त्रीहरुको मन्त्रालय भने तोकिएका छैन ।

बिस्तारित मन्त्री परिषदमा दिलनाथ गिरी, जयन्त चन्द, विक्रम थापा मन्त्री तथा कुन्ती शाही, भाष्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराईलाई राज्यमन्त्री नियुक्त गरिएको छ।

बिस्तारित मन्त्री परिषदका सदस्यहरुलाई शनिवार शपथ खुवाउन राष्ट्रपति समक्ष पत्राचार भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

माओवादी केन्द्रले सरकार छोडेपछी देउवा सरकार अल्पमतमा पर्ने खतरा भएकाले पछिल्लो मन्त्री परिषद बिस्तार गरिएको देउवा निकट श्रोतको दाबी छ । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस संग तालमेल गरेको सत्ताको प्रमुख घटक माओवादी केन्द्रले एमालेसंग चुनावी तालमेल गरपछी पछिल्लो परिस्थिति विकसित भएको विश्वास गरिएको छ ।

यस अघि पनि प्रधानमन्त्री देउवाले राप्रपाबाट चोईटिएर गएको राप्रपा प्रजातान्त्रिकका चारजनालाई मन्त्री नियुक्त गरेका थिए । मन्त्री परिपषद विस्तारलाई आचार संहिता विपरीत भनेर बिरोध भैरहेको छ ।

यससम्वन्त्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनी परामर्श गर्दे बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *