गल्कोट साँस्कृतिक महोत्सवमा दर्शकहरुको थामिनसक्नु भीड, महोत्सव दुई दिन लम्बियो !

गुमानसिँह भण्डारी, गल्कोट २०७४ असोज २७ । गल्कोटमा जारी प्रथम गलकोट सास्कृतिक महोत्सव २०७४ सकिन केही दिन मात्र बाँकी रहँदा आयोजकलाई भीड थामिनसक्नु भएको छ । आज महोत्सवको १० औ दिन महोत्सवमा अत्याधिक भीडभाड भएको छ । हिमालयन म्युजिकल ईभेन्ट म्यानेजमेन्ट पोखराको आयोजना गरेको महोत्सवमा दैनिकरुपमा दर्शकहरुको उपस्थिति बढ्दै गएपछि आयोजकलाई उत्साहित समेत बनाएको छ ।

लामो समयपछि गल्कोटमा मेला लागेका कारण पनि महोत्सवमा अत्यधिक भीडभाड भएको स्थानिय कार्यक्रम संयोजक हर्क पाण्डेले बताए । महोत्सवमा आज चर्चित कलाकार बिमलराज क्षेत्री, ईश्वर सिह, चोलेन्द्र पौड्याल लगायतको सास्कृतिक प्रस्तुति रहेको थियो ।

महोत्सवको ११ दिनमा चर्चित कलाकार रामजी खाँडको साँगीतिक प्रस्तुति रहने पाण्डेले बताए । गल्कोटको चर्चित खेल भलिबल सञ्चालन हुन थाले लगतै बिहानैदेखि महोत्सवमा आउने मानिसहरुको घुइँचो रहेको थियो । जसका कारण हटियामा समेत चहलपहल बढेको छ ।

आयोजकका अनुसार आज मात्रै ३ हजार बढिले अवलोकन गरेका छन् । त्यसैगरी आज मात्रै ३० लाख बढिको कारोबार भएको प्रचार प्रसार संयोजक रामप्रसाद कडेलले बताए । आयोजकले ११ दिनसम्म महोत्सव गर्ने जनाए पनि समय अभाव हुने भएपछि दुई दिन थप गरेको छ । कार्यक्रम आगमि असोज ३० गते सम्पन्न हुने आयोजक सस्थाका सचिव मोहन केसीले ईबागलुङलाई बताए ।

आज १० औ दिनको कार्यक्रममा गलकोट उद्योग बाणिज्य संद्यका अध्यक्ष वीरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

आज खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला डान्स च्याम्पियन प्रतियोगिता समेत सञ्चालन गरिएको थियो ।

आज सञ्चालन गरिएको भलिबल प्रतियोगितामा जीवन फेसन हटिया र थी्र बर्दश हटिया, गलकोट मोडनाईज मोडनाईज ऐकेडेमि सेमिफाईनल प्रवेश गरेका छन । त्यस्तै भोलि मनसुन र भण्डारी अभोरसिज बिच खेल हुने आयोजकले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *