यसरी गरे चीनिया विशेषज्ञ टोलीलाई स्थानियले स्वागत (तस्वीर)

कमल पौडेल, खर्वाङ बागलुङ २०७४ असोज २७ । मुसिकोट नगरपालिका वडा नं. १ घर भई हाल चीनमा अध्ययन गर्दै आएका समाजसेवी दामोदर भुसालको समन्वयमा आएको चीनको राज्य सभाको मातहतको अनुसन्धान विकास केन्द्रको उच्चस्तरीय विशेषज्ञ टोलीलाई स्थानीयले हार्दिक स्वागत गरेका छन् । चीनको टोली प्रमुख प्रोफेसर योङहाङ च्याङको नेतृत्वमा आएको चीनियाँ टोलीलाई खर्वाङमा बडीगाड गाउपालिकाका प्रमुख मेहरसिँह पाईजा सहित विशाल जनसमुहले बाजागाजा, नाँचगान समित स्वागत गरेका थिए ।

चीनवाट काठमाडौँ हुँदै बागलुङको मध्यपहाडी लोकमार्ग भएर आएको चीनियाँ विशेषज्ञ टोलीलाई ग्वालीचौर देखिनै वाजागाजा सहित सम्मान तथा स्वागतका साथ कार्यक्रम स्थलमा पुराईएको थियो ।

प्रस्तुत छ, सहकर्मी पत्रकार कमल पौडेलले खिचेका चीनियाँ विशेषज्ञ टोलीलाई स्वागत गर्दाका केहि तस्वीरहरु:

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *