सेवाग्राही महिला माथी वडाध्यक्षको दुर्ब्यबहार, ३ हजार लिएर सचिवले दिए सिफारिस ?

महेन्द्र केसी, पर्वत २०७४ असोज २७ । बहिनीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी बनाउनका लागि सिफारिश लिन फलेवास नगरपालिका पुगेकी एक महिला सेवाग्राहीलाई वडाध्यक्षले दुव्र्यवहार गरेको घटना सार्वजनिक भएको छ ।

फलेवास ७ लिमिठानाकी सरिता पाण्डेमाथी फलेवास ७ का वडाध्यक्ष हरिराम रेग्मीले गालिगलौच सहित हातपात गरेको पीडिताले आरोप लगाएकी छन् । पीडित पाण्डे आफ्नी वहिनी सविना पाण्डेको नागरिकता आगोले जलेको र भित्र पानी पसेर अक्षर समेत नबुझिने भएपछी अर्को नागरिकताको प्रतिलिपी लिनका लागि सिफारिस माग्न नगरपालिका पुगेकी थिईन् ।

पीडित पाण्डेका अनुसार वडाध्यक्ष रेग्मीले पहिला सिफारिस दिन नमानेको र पछि विवाद झिक्दै कार्यालयवाटै हातपात गरेर गलत्याएका थिए । उनले भनिन् ‘उहाँले मेरो जागिर खान आएकी होस् भन्दै हातपात गर्नुका साथै दुव्र्यवहार गर्नुभयो, मैले गुहार पनि मागेकी थिएँ ।

पीडित पाण्डेले, ‘वडाध्यक्षले गलत्यार निकालेपछि सचिव संग सम्पर्क गरेर मैले सिफारिस लिएको’ मात्र बताईनन् ‘उनले ३ हजार रुपैयाँ घुस ख्वाएर सिफारिस वनाएको’ खुलासा पनि गरिन् ।

‘सचिवले तपाईको काम हुन्छ, चिया खर्च दिनुप-यो भन्नुभयो, मैले ३ हजार रुपैयाँ झिकेर दिँए,’ सरिताले भनिन् ।

तर गाविस सचिव रामबहादुर परियारले भने २ सय रुपैयाँ दस्तुर लिएको दावी गरेका छन् । सचिव परियारले भने ‘मैले नियमानुसार लिनुपर्ने दस्तुर लिएको हो, त्यसवाहेक एक रुपैयाँ लिएको भए जुनसुकै कारवाही भोग्न तयार छु ।’

उता वडा अध्यक्ष हरिराम रेग्मीले ‘नागरिकता केरेर आएको र जन्ममिति सच्चाउन खोजेकोले विवाद भएको’ वताए । नागरिकता ऐनमा नागरिकताको विवरण संशोधन गर्न नमिल्ने नियम छ । त्यहि भएर आफुले संशोधन गर्ने गरि सिफारिस दिन नसक्ने वताएपछि ती महिला सन्किएर अनेकन आरोप लगाएको वताए । उनले ३२ सालको नागरिकतालाई ३८ सालको बनाएर आफै सच्चाएर ल्याएकी रैछन् । अहिले सचिव सर हुनुहुन्न सचिव सर आएपछि प्रतिलिपी दिने कुरा हो । सचिव आएपछि दिउँला भनेको हुँ रेग्मीले आफ्नो वचाउ गर्दै भने ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *