बुर्तिबाङमा जारी कोजाग्रत पूर्णिमा मेला, खुल्ला दोहोरीगीत प्रतियोगिता सहित समापन आज !

सुमन सुनार, बुर्तिवाङ २०७४ असोज २७ । बुर्तिबाङ राईजिङ युवा क्लबव्दारा आयोजित कोजाग्रत पूर्णिमा मेला आठौं दिनमा आज समापन हुने बताइएको छ । हिजो पुरुष भलिबल प्रतियोगिता र ग्रुप डान्स प्रतियोगिता सम्पन्न भएको थियो भने साँझ सांगीतिक प्रस्तुतिले दर्शकहरुलाई मनोरन्जन प्रदान गरिएको थियो ।

हिँजै भएको ग्रुप डान्स प्रतियोगितामा बुर्तिबाङ डान्स सेन्टर प्रथम र न्यु मोर्डन एकेडेमी व्दितिय भएका थिए ।

आज खुल्ला दोहोरीगीत प्रतियोगिता, रस्सा कस्सा प्रतियोगिता, महिला तथा पुरुष छेलो प्रतियोगिता हुने आयोजकले जनाएका छन् । तर कृषि प्रदर्शनीको आयोजना गरिने पूर्व घोषित कार्यक्रम भने हुने लक्षण देखिएको छैन । प्रदर्शनीलाई लिएर बुर्तिवाङमा हिँजो बेलुकीसम्म कुनै तयारी भएको छैन ।

कार्यक्रमको समापन ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीबाट हुने आयोजकले जनाएको छ ।


भिडियो: दिपक पराजुली, बुर्तिवाङ ।
बुर्तिवाङमा बिहीवार रातिको सांगीतिक प्रस्तुति

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *