गल्कोट समाज अस्ट्रेलियाले सिड्नीमा एक दिवसीय भलिबल प्रतियोगिता आयोजना गर्ने

गल्कोट २०७४ असोज २७ । यसपालीको दशै तिहारको उपालक्ष्यमा गल्कोट समाज अष्ट्रेलियाले आगामी अक्टोवर २९ तारिखको दिन एक दिवसीय भलिबल प्रतियोगिताको आयोजन गर्ने भएको छ। तिन बर्ष अगाडीमात्रै स्थापना भएको गल्कोट समाजले यो खेल पहिलो पटक आयोजना गर्न लागेको हो।

गल्कोटमा लोकप्रिय भलिबल खेललाई सिड्नीमा झनै लोकप्रिय बनाउने सस्थाको बिशेष तयारी रहेको जनाएको छ । उक्त प्रतियोगिता सिड्नीको म्यारिक्भिल स्थित PCYC CLUB मा सम्पन्न हुनेछ।

सो प्रतोयोगितामा करिब दस टिम सहभागी हुने अनुमान आयोजकको छ । खेलमा प्रथम व्दितिय हुने टिमलाई पुररस्कार स्वरूप नगद, प्रमाण पत्र ,मेडल, टफी का साथै खसी प्रदान गरिने छ ।

सम्पूर्ण सिड्नीवासी गल्कोटे र अन्य नेपालीहरु बीच आपसी भाईचारा अभिवृद्धि र मनोरन्जन गर्ने हेतुको साथ उक्त भलिबल प्रतियोगिताको आयोजना गर्न लागिएको समाजका उपाध्यक्ष कृष्ण सुनारले बताए । एक दिबसीय खुला भलिबल प्रतियोगिता भएकोले खेल बिहानै देखी साझ अबेर सम्म संचालन हुने आयोजकले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *