सनराईजलाई ३-२ ले पराजीत गर्दै भलिबलको उपाधि मणि मुकुन्द बुटवलले जित्यो !

बिमल खड्का, बुर्तिवाङ २०७४ असोज २६ । बुर्तिवाङ राईजिङ युवा क्लबको १५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कोजाग्रत पूर्णिमा मोलाको आकर्षण रहेको पुरुष भलिबल प्रतियोगित ३-२ को अन्तरले मनि मुकुन्दसेन टीम बुटवलले जितेको छ ।

खेल निसीखोलाको सनराईज युवा क्लब र मनि मुुकुन्दसेन वीच भएको थियो । खेलको पहिलो गेम सनराईजले जितेपनि ५ खेलको प्रतियोगितामा ३ खेल उपाधी मणी मुकुन्दसेन टीमले हात पारेको हो । यस विजय सँगै विजयी टीमले रु ८५ हजार ५ सय ५५ राशी सहित कप जितेको छ भने सनराईजले दोश्रोमा चित्त बुझाउनु परेको छ ।

तेश्रो स्थानका लागि हिँजो भएको खेलमा राजकुतको पन्चासे देउराली क्लललाई हराउदै घोसाखानीको छन्त्याल समाजले विजय हाँसिल गरेको थियो ।

अब केहि बेरमै दोहारी गीत प्रतियोगिता सुरु हुने आयोजकले जानकारी दिएका छन् ।

तस्वीर- दिपक पराजुली, बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *