बिप्लव निकट जन स्वयंं सेवक संघकोे तेश्रो जिल्ला सम्मेलन भोलि

कोपिला कंडेल, बागलुङ २०७४ असोज २६ । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध राष्ट्रिय युवा जन स्वयं सेवक संघ बागलुङको तेस्रो जिल्ला सम्मेलन भोलि शुक्रवार बागलुङ बजारमा हुदैछ । जन स्वयंसेवक संघले आज बागलुङ बजारमा पत्रकार भेटघाटको कार्यक्रम गरी शुक्रबार दिउसो १२ बजे लोकतान्त्रिक चोकमा मार्च पास सहित सम्मेलन गर्ने जानकारी दिएको छ ।

सम्मेलनको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका पोलिट्ब्युरो सदस्य ओम प्रकाश पुन मगरले गर्ने राष्ट्रिय जन स्वयंसेवक संघ बागलुङले जनाएको छ ।
पत्रकार भेटघाटमा नेपाल राष्ट्रिय जन स्वयंसेवक सघंका जिल्ला अध्यक्ष सुमित घर्ति मगरले वर्तमान संसदीय ब्यवस्था एबं यहि मंसिर १० गते देखी हुन गैरहेको प्रदेश र प्रतिनिधी सभा निर्वाचन बिरुद्ध आफ्नो सम्मेलनले महत्वपुर्ण निर्णय गर्ने बताए ।

सर्वहारा बर्गको मुक्तिको लागि क्रान्ति अझै बाकी रहेको भन्दै उनले पछिल्लो पटक चर्चामा रहेको बाम र प्रजातान्त्रिक गठबन्धनले पनि मुलुकलाई सहि निकास दिन नसक्ने ठोकुवा गरे । अन्य राजनितिक दलले बाम र प्रजातान्त्रिक गठबन्धन भनिरहेका छन, घर्तिले भने हामी सर्बहारा बर्गको एकता भनेका छौ । उनले आगामी निर्वाचनलाई बिथोल्नका लागि आफ्नो तर्फबाट सक्रिय भुमिका निर्वाह गर्ने उद्घोष गरे । मुलुकमा ब्याप्त बिकृती बिसंगती भ्रष्टाचार, कालाबजारियालाई आफुहरुले छानीछानी कारबाही गर्ने बताए ।

कार्यक्रममा नेकपा बागलुङका जनपरिषद् प्रमुख बाबुलाल शाक्यले आफ्नो पार्टीले बर्तमान संविधानलाई नै अस्वीकार गरेको भन्दै संसदीय व्यवस्था अन्तरगत आगामी मंसिरमा हुन लागेको निर्वाचन खारेज गर्ने चेतावनी दिँदै नेपालको सर्वहारा बर्गको नेतृत्व नेत्र बिक्रम चन्द्र बिप्लवले मात्र गर्न सक्ने दाबी गरे ।
सम्मेलनले नयां नेतृत्व चयन गर्ने बताईएको छ । कार्यक्रमको संचालन राष्ट्रिय युवा जनस्वयंसेवक सघंका उपाध्यक्ष गोबिन्द कार्कीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *