उमेर ढल्दै जाओस्, जवानी उस्तै छ

साँझ उस्तै छ, बिहानी उस्तै छ,
उमेर ढल्दै जाओस्, जवानी उस्तै छ,
*
खप्पिस छ हर्के, गुलेली खेलाउनलाई,
मट्याङ्ग्रा फेरिए पनि, निशानी उस्तै छ,
उमेर ढल्दै जाओस्, जवानी उस्तै छ,
*
रमाई रहेछ उ स्वर्गीय आनन्द सँगै,
विछ्यौना बदलिए पनि, सिरानी उस्तै छ,
उमेर ढल्दै जाओस्, जवानी उस्तै छ,
*
घिउको आसमा दिनहुँ, दही मोथ्छ हर्के,
ठेकी फरक होला तर मदानी उस्तै छ,
उमेर ढल्दै जाओस्, जवानी उस्तै छ,
*
साँझ उस्तै छ, बिहानी उस्तै छ,
उमेर ढल्दै जाओस्, जवानी उस्तै छ ।
***

राजेन्द्र ढकाल
२०७४ असोज २६ ।
बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *