सुपथ मुल्य पसलवाट रु ८२ लाख बराबरको नूनचीनी बिक्री

बागलुङ २०७४ असोज २६ । दशैँ तिहार लगायतका चाड पर्वहरुलाई लक्षित गरि साल्ट ट्रेनिङ कर्पोरेशन बागलुङले सन्चालनमा ल्याएको सुपथ मुल्य पसलवाट हालसम्म रु ८२ लाख ५८ हजार भन्दा बढीको नून चीनी विक्री भएको डिपोले जनाएको छ । सुपथ मुल्यको पसलबाट टाढाकालाई भन्दा नजिककालाई मनग्गे फाईदा पुगेको छ ।

रु ८ लाख ३२ हजार बराबरको नून र रु ७४ लाख २६ हजार बराबरको चीनी विक्री भएको डिपो प्रमुख मनोज कुमार श्रेष्ठले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *