बुर्तिबाङमा प्रथम तीन दिवसीय मोहन स्मृति व्याटमिन्टन प्रतियोगिताको उद्घाटन

सुमन सुनार, २०७४ असोज २५ । बुर्तिबाङ व्याटमिन्टन क्लवद्धारा बुर्तिबाङमा आयोजित प्रथम मोहन स्मृति ब्याटमिन्टन प्रतियोगीताको बुधवार उद्घाटन गरिएको छ ।

बुर्तिबाङ व्याडमिन्टन क्लवका अध्यक्ष ईन्द्र घर्ति मगरको अध्यक्षता रहेको उद्घाटन कार्यक्रममा बागलुङ ढोरपाटन सम्पर्क मञ्च हङकङका अध्यक्ष राजेश कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले खेलकुदको विकास संगै स्वस्थ जिवनका लागी पनि ब्याडमिन्टन खेल महत्वपुर्ण रहेको बताउदै ब्याटमिन्टन खेललाई बचाउन तथा संक्षण गर्न खेलाडीलाई आग्रह समेत गरे ।

कार्यक्रममा एकिकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापा, समाजसेवी झक बहादुर शर्मा, ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरिक्षक कृष्ण रानाको सहभागिता रहेको थियो । यस्तै विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि सरकारी तथा गैरसरकारी संघसस्थाका प्रमुख तथा प्रतिनिधि लगायत स्थानिय समाजसेवी बुद्धिजिवीहरुको उपस्थीती रहेको थियो ।

क्लवका संस्थापक अध्यक्ष यामु पौवीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सामुदायिक रेडियो परिवर्तनका स्टेशन म्यानेजर राम सुवेदीले गरेका थिए ।
आज देखि २७ गते अर्थात ३ दिनसम्म सञ्चालन हुने प्रतियोगीताको मेन्स डवल खुल्ला तर्फ १७ टिम, मेन्स डबल समुह–वि तर्फ १७ टिम, मेन्स सिंगल खुल्ला तर्फ १३ टिमको पर्तिस्पर्धा हुने क्लवका अध्यक्ष घर्तिले ईबागलुङलाई बताए ।

यस अघि धौलागिरी अञ्चल स्तरीय व्याटमिन्टर प्रतियोगिता हुने भनिएको थियो । तर उक्त प्रतियोगीतालाई ढोरपाटन नगरपालिकाका मेयर देबकुमार नेपालीका छोरा मोहन नेपाली जो ब्याटमिन्टन खेलाडि नै भएको र उहाँको संझनामा पहिलो पटक बुर्तिबाङमा मोहन स्मृति ब्याटमिन्टन प्रतियोगीता आयोजना गरिएको अध्यक्ष घर्तिले बताए । खेलसँग आवद्ध खेलाडीहरुको प्रतिभा पर्दशन तथा खेलको विकासका लागि उक्त खेलको आयोजना गरिएको बताइएको छ ।

प्रतियोगिताको खुल्ला मेन्स डबल्स तर्फ प्रथम हुनेलाई २५ हजार, द्धितिय हुनेलाई १५ हजार र तृतिय हुनेलाई १० हजार पुरस्कार रहेको छ ।

यस्तै मेन्स डबल्स कै वि समुहमा प्रथम हुनेलाई १५ हजार , द्धितिय हुनेलाई ८ हजार र तृतिय हुनेलाई ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । उता मेन्स सिंगल्स तर्फ प्रथम हुनेलाई २० हजार, व्दितिय हुनेलाई १० हजार र तृतिय हुनेलाई ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था मिलाइएको छ । कार्यक्रमको समापन तथा पुरस्कार वितरण भने यही असोज २७ गते ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीबाट हुने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *