राष्ट्रिय जनमोर्चा एक्लै चुनाव लड्न तयार छः थापा

कमल राना, बागलुङ २०७४ असोज २५ । राष्ट्रिय जनमोर्चा आसन्न निर्वाचनमा नेपाली काँग्रससंग चुनावी तालमेल गरेर लड्ने चर्चा चलिरहेकै बेला राष्ट्रिय जनमोर्चाका केन्द्रिय परिषद सदस्य कृष्ण थापाले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो पार्टी एक्लै चुनाव लड्न सक्ने बताएका छन् ।

अखिले नेपाल युवक संघ जैमिनी नगर समितिको आयोजनामा बुधबार उपल्लो दमेकमा भएको युवाहरुको भेलामा बोल्दै थापाले आफ्नो संगठन बलियो भएको बताउदै अन्य दलहरु संगको तालमेल बिना पनि सफलता हासिल गर्न सक्ने बताए ।

अन्य दलहरु संग चुनावी तालमेल गर्दा स्थानीय तहको निर्वाचनमा घात–अन्तरघात भएको बताउँदै थापाले बागलुङमा चुनाव जित्न आफ्नो संगठन मजबुद र परिपक्व रहेकोले आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा एक्लै लड्न सक्ने खुलासा गरे ।

कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रिय परिषद सदस्य विरेन्द्र थापा, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सूर्यबहादुर पुन लगायतले शुभकामना व्यक्त गरेका थिए ।

युवाहरुको भेलाले दुर्गाबहादुर पुनको अध्यक्षतामा १५ सदस्यीय अखिल नेपाल युवक संघ गठन गरेको छ ।

अखिल नेपाल युवक संघका गणेश थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मंतव्य नीरबहादुर श्रीष र सञ्चालन श्रीप्रसाद थापाले गरेको अखिल नेपाल युवक संघले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *