अध्यक्ष कमल थापाले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा जान्छ !’

काठमाडौ २०७४ असोज २५ । बुटवलमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष कमल थापाले आसन्न निर्वाचन धरापमा पर्नसक्ने संभावनालाई मध्यनजर गर्दै सरकारलाई अल्पमतमा पर्न नदिन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वका सरकारमा जाने बताएका छन् ।

राप्रपा सरकारमा जाँदा सरकार अल्पमतमा पर्दैन भन्दै अध्यक्ष थापाले समयमै निर्वाचन पनि हुने पनि बताए ।

माओवादी केन्द्र, एमाले, जनशक्ति वीचको तालमेललाई र्इँगित गर्दै उनले भने, वाम एकता गरेर नेपालमा वामपन्थी शासन लाद्न खोजे त्यो असंभव हुने ठोकुवा समेत गरे । उनले यो तालमेल दीर्घकालीन सम्म नटिक्ने पनि बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *