तेश्रो स्थानका लागि भएको भलिबल खेलमा छन्त्याल समाज बिजयी

दिपक पराजुली, बुर्तिवाङ २०७४ असोज २५ । बुर्तिवाङ राईजिङ्ग युवा क्लबको १५ औँ वार्षिकोत्सवका अवसरमा सन्चालित कोजाग्रत पूर्णिमा मेलामा आयोजित पुरुष भलिबल प्रतियोगिताको तेश्रो स्थानको लागि भएको खेलमा छन्त्याल समाज घोसाखानी विजयी भएको छ । विजय सँगै छन्त्याल समाजले ३३ हजार ३ सय ३३ नगद पुरस्कार हात पारेको छ ।

तेश्रो स्थानको लागि भएको खेलमा पन्चासे देउराली युवाक्लब राजकुत पराजीत भएको छ ।

यस अघि आजै बिहान सम्पन्न पुरुष भलिबल खेलको सेमिफाईनलमा सनराईज युवा क्लब जुग्जा खोलासंग पन्चासे युवा क्लव राजकुत पराजीत भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *