गल्कोटका एमाले जिल्ला समिति सदस्य गुञ्ज बहादुर थापाको निधन

थम्मन थापा सन्देश गल्कोट २०७४ असोज २५ । नेकपा एमाले जिल्ला समिति सदस्य गुञ्ज बहादुर थापाको गएराति निधन भएको छ । गल्कोट नगरपालिका ७ मल्म अरबेदी निवासी थापाको ७८ वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतलो जानकारी दिएको छ । स्व थापाका २ श्रीमती र १ छोरी रहेका छन । स्वर्गीय थापा विभिन्न सामाजिक संस्थामा समेत आवद्ध रहेका थिए ।

स्वर्गीय थापाको निधनमा शव यात्राको क्रममा नेकपा माओवादी केन्द्रले गलकोट नगरपालिका ७ मल्मले कम्युनिष्ट पार्टीहरुको साझा झण्डा ओढाएर श्रद्वाञ्जली अर्पण गरेको छ । त्यस्तै दरम गौदी समसान घाटमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । सातसय बगाले थापा समाज मल्म, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा द्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य बुल बहादुर केसी, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य हर्क पाण्डे र राष्ट्रिय जनमोर्चाका गलकोट नगरपालिका कोषाध्यक्ष पदम श्रेष्ठले थापाको पार्थिव शरिरमा सामुहिक रुपमा कम्युनिष्ट पार्टीको झण्डा ओढई श्रद्धञ्जली अर्पण गरेका थिए।

सो अवसरमा नेकपा एमाले गलकोट नगर संयोजक डम्मर श्रीसले श्रद्धाञ्जली मन्तव्य राखेका थिए । कार्यक्रम सातसय बगाले थापा समाज मल्मका पूर्व सहसचिव थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *