निसी जुग्जा खोलामा असोज २७ गते नेपाली सेनाको एक दिने स्वास्थ्य शिविर

डम्मर बुढामगर, बागलुङ २०७४ असोज २५ । बागलुङ सदरमुकाम स्थित नेपाली सेनाको अर्जुनबाण गणको आयोजनामा जिल्लाको सदूर पश्चिम निसीखोला गाउपालिकामा यहि असोज २७ गते एक दिने जनरल स्वास्थ्य शिविर सन्चालन गरिने भएको छ ।

शिविर निसीखोला गाउपालिकाको केन्द्र जुग्जा खोलामा सन्चालन गर्न लागिएको हो । शिविरमा समुदायका सबै बिरामीहरुलाई समेटिने गरी शिविरमा जनरल स्वास्थ्य परिक्षण गरिने भएको छ ।

बागलुङ जिल्ला पशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, उद्योग वाणिज्य संघ, माछापुच्छ बैँक, नबिल बैँक र निसीखोला गाउपालिकाको समन्वयमा स्वास्थ्य शिविर सन्चालन गर्न लागिएको प्रमुख सेनानी अच्यूतम भण्डारीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *