जैमिनीमा रानाको अध्यक्षतामा १३ सदस्यीय अनेयु संघ गठन

कमल राना, बागलुङ (बलेवा) २०७४ असोज २५ । अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय सल्लाहकार नरबहादुर पुनले युवाहरु चुनाव केन्द्रित भएर अभियान सञ्चालन गर्न निर्देशन दिएका छन् ।

राष्ट्रिय जनमोर्चाको जनवर्गिय संगठन अखिल नेपाल युवक संघ जैमिनी नगर पालिका वडा न. ७ जैदीको भेलामा बोल्दै पुनले संघ र प्रदेशको निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उमेदवारलाई विजयी गराउने गरि युवा अभियान सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

कार्यक्रममा अखिल नेपाल युवक संघ जैमिनी नगरका अध्यक्ष खगेन्द्र थापा, शिक्षक संघका प्रतिनिधि डिल्लीराम शर्मा, अखिल नेपाल महिला संघका लिला देवी शर्मा, किसान संघका जिल्ला सचिव वीरेन्द्र थापा, राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सह–सचिव डिलबहादुर दर्जी, अखिल छैठौँका अर्जुन शर्मा, किसान संघका केन्द्रिय सदस्य प्रकाश शर्मा लगायतले शुभकामना मंतव्य व्यक्त गरेका थिए ।

भेलाले सुरेन्द्र बहादुर रानाको अध्यक्षतामा १३ सदस्यीय अखिल नेपाल युवक संघ गठन गरेको छ । संघको उपाध्यक्षमा सकसबहादुर क्षेत्री, सचिवमा दलबहादुर नेपाली, कोषाध्यक्षमा रिता राना, सह–सचिवमा तिलक राना, सदस्यहरुमा डिलबहाुदर राना, राजु परियार, विवस नेपाली, बविता थापा, नरेन्द्र बहादुर घर्ति र कालिदास आचार्य रहेका छन् ।

अखिल नेपाल युवक संघ जैदीका सुरेन्द्र रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मंतव्य कमल गिरी र सञ्चालन ओम थापाले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *