३ दिने आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम आज पनि जारी

थम्मन थापा सन्देश ताराखोला ०७४ असोज २४ । प्रेस सेन्टर नेपाल ताराखोला गाउँपालिकामा हिजो देखि सञ्चालित ३ दिने आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम आज दोस्रो दिन पनि जारी रहेको छ ।

ग्रामीण क्षेत्रमा पत्रकारिताको विस्तार सॅगै प्रभावकारी रुपमा अगाडी बढाउने उद्येश्यले आयोजना गरिएको उक्त तालिममा आज नेपाल पत्रकार महासंघ बागलुङका सचिव राम थापा अविरल, नेपाल पत्रकार महासंघ प्रदेश नं ४ का क्षेत्रिय पार्शद तथा गलकोट खबर डट कमका अनलाईन प्रमुख थम्मन थापा सन्देश र गलकोट पत्रकार समाज बागलुङका अध्यक्ष मित्र खरेलले सहजीकरण गर्ेका थिए ।

तालिममा ताराखोला गाउॅपालिका भित्रका ४० जनाको जनाको सहभागिता रहेको छ । आज दोस्रो दिन प्राकृतिक विपतमा कसरि समाचार संकलन गर्ने, समाचार के हो, स्थानिय स्तरमा के कस्ता समाचार बन्छन, औपचारिक कार्यक्रम कसरी सञ्चालन गर्ने लगायतको विषयमा सहजीकरण गरिएको प्रेस सेन्टर नेपाल ताराखोला गाउॅपालिकाका अध्यक्ष पुर्णभद्र निउरेले जानकारी दिए ।

घुस्मेलीमा आयोजित कार्यक्रमको सञ्चालन प्रेस सेन्टर नेपाल ताराखोलाका सचिव शान्त खत्री मौसमले गर्ेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *