पौदी सेवा समाज जापानव्दारा मृगौला पीडित एवं अन्य संस्थाहरुलाई रु २ लाख सहयोग

अनिश शर्मा गैरे, गुल्मी २०७४ असोज २४ । गुल्मी मुसिकोट नगरपालिका १ पौदी घर भइ हाल रोजगारीको शिलशिलामा बिभिन्न देशमा रहेका पौदी बासीहरुको संस्था पौदी सेवा समाज जापानले गाँउको लागि मँगलबार मात्रै २ लाख सहयोग गरेका छन । पौदीमा रहेको छत्र र भुमी मन्दिर, बागलुङको बडिगाड गाँउपालिका ५ मा खारमा रहेको थानापति मन्दिर तथा पौदी अरेवा निवासी मृगौला पीडितलाइ सहयोग हस्तान्तरण गरिएको हो । त्यहा स्थित जनज्योती माबिमा एक बिशेष कार्यक्रमको आयोजना गरी समाजसेवी, समाजका प्रतिनिधि पत्रकारको रोहवरमा मृगौला पीडित मित्रलाल भुषाललाइ जापानी एन १ लाख ३१ हजार १ सय ७० अर्थात १ लाख २७ हजार ७० नेपाली रुपैया हस्तान्तरण गरीएको हो । त्यसैगरी समाजले छत्र मन्दिर, भुमी तथा थानापति मन्दिरलाइ भेटी स्वरुप ५/५ हजारका दरले नगद हस्तान्तरण गरिएको छ ।

स्वदेशमा हुने बिभिन्न दुखी गरीब, बिभिन्न रोगहरुबाट पीडित ब्यक्ति, बाढी पहिरो लगायतका बिभिन्न बिपदको अवस्थामा सहयोग गर्दे आएको समाजले आज मात्रै सो सहयोग हस्तान्तरण गरेको हो ।

हस्तान्तरण गर्न पौदी सेवा समाज जापानका अध्यक्ष गोबिन्द प्रसाद भुषाल स्वयं उपस्थित भएका थिए । दुवै मृगौला फेल भएर भरतपुर चितवनमा उपचार गराइ कुनै निराकरणको संकेत नेदेखेपछि पीडित भुषाले हाल भारत उपचार गराइरहेका छन । हरेक ४ महिनाको अवधिमा उनी भारत जान्छन एक पटकमा २५ हजार भन्दा बढी खर्च हुने गरेको छ । ५३ बर्षीय मित्रलालले इन्डियाको अमुल अस्पतालमा अहिले नियमित उपचार गराउछन । शुरुमा शरीरका बिभिन्न भागहरु सुन्निने समस्या देखिने गरेको तर आफुले खासै ध्यान दिन नपाएको उनले बताए । पछि रोजगारीको शिलशिलामा मलेसिया पुगेको बेलामा स्वास्थ्य परिक्षण गराउँदा दुवै मृगौलाले ८० प्रतिशत काम गर्न छोडीसकेको थाहा पाएपछि मात्र उनी उपचारमा लागेका हुन ।

अहिले सम्म उनको १० लाख बढी खर्च भइसकेको छ । उनले सो रकम ऋण सापटी लिएका हुन । भुषालका दुइ छोरा र दुइ छोरी छन । एक छोरीको विवाह भइसकेको छ भने माइली छोरीले कक्षा १० मा पढछिन । त्यस्तै जेठा छोराले ८ र कान्छा छोराले ६ मा अध्ययन गर्छन । अब यी बालबालीकालाइ पनि कसरी पढाउने होला भन्ने चिन्ता छ । उनको मृगौला प्रत्यारोपणको लागि १५ लाख रुपैया खर्च हुने भारतीय चिकित्सकले भनेको उनले बताए ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष पुर्ण हितानले यस संस्थाहरुले आफ्नो गाँउ ठाँउको लागि गरेको काम प्रशंसा योग्य भएको बताए ।

हस्तान्तरण पछि बोल्दै समाजका अध्यक्ष भुषालले एक ब्यक्तिले अर्काे ब्यक्तिले दर्साउनु पर्न मानवता आफुहरुले ब्यक्त गरको बताए । उनले परदेशमा भएपनि केही अंश बचाएर आफ्नो गाँउ समाजलाइ सेव ागर्न पाएकोमा खुशी लागेको बताए । सहयोग बुझेर पीडित भुषालले संस्था प्रति धन्यवाद दिए । भुषालको मृगौला प्रत्यारोपणको लागि पन्ध्र लाख भारतीय रुपैया आबश्यक छ । उनको उपचारको लागि अझै सहयोग गर्न सम्पुर्णलाइ आग्रह गरीएको छ ।
संस्थामा आवद्ध ४४ जनाले सो रकम सहयोग गरी नेपाल पठाएका हुन ।
समितिले बागलुङको बडिगाड ५ ग्वालीचौरमा सञ्चालित एम्बुलेन्स अभियानको लागि पनि सहयोग गरेको छ । समितिले २० हजार जापानी एन, समितिका अध्यक्ष भुषालबाट ११ हजार १ सय ११, नारायण प्रसाद खरेलबाट १२ हजार ३ सय ४५ तथा बिष्णु प्रसाद खरेलबाट ११ हजार १ सय ११ जापानी एन हस्तान्तरण गरीएको छ । सो रकम एम्बुलेन्स अभियान चलाइरहेको ग्वालीचौर समाज कल्याण संस्थाका सचिब प्रदिप खरेललाइ हस्तान्तरण गरीएको थियो ।
समाजले बिगतका बर्षहरुमा पनि बाढी पहिरो पीडत लगायत अन्य सामाजिक क्षेत्रमा सहयोग गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *