आसन्न निर्वाचन : बागलुङमा कांग्रेस–जनमोर्चा नजिकिदै !

विजय राना

अहिले देशभर राजनितिक माहोल तातिरहेको छ । प्रतिनिधी र प्रदेश सभाको निर्वाचनको मिति नजिकिए संगै चुनावी सरगर्मी बढ्दो छ । अँझ यसलाई बढाउने काम माओवादी केन्द्र, एमाले र नयाँ शक्तिको चुनावी तालमेल तथा चुनाव पछिको एकीकरणको बहसले गर्माएको छ । त्यति मात्र होइन बाम एकीकरणको हल्ला संगै नेपाली कांग्रेसले चलाएको प्रजातान्त्रिक शक्तिहरु बिचको एकीकरणले पनि बहसमा थप उर्जा थपेको छ ।

यो बहस राष्ट्रभरि नै चलिरहेको छ । सञ्चार माध्यमले यही विषयलाई नै प्रथामिकता दिएर प्रकाशन तथा प्रशारण सामाग्री बनाइरहेका छन्, राष्ट्र भरिनै चलिरहेको बहसबाट बागलुङ जिल्ला पनि अछुत छैन । अहिले बागलुङको चोक–चोक र चियापसल तथा खाजा पसलहरुमा बागलुङको चुनावकै बारेमा बहस तथा छलफल भइरहेका हुन्छन् । त्यसमा खास गरि बाम तालमेलका कुराहरुले प्राथमिकता पाउने गरेको छ ।

बाम सेन्टिमेन्टको कुरा गरिरहँदा एमाले–माओवादीको चुनावी एकताले उनीहरुमा बढ्ता अहँकार पलाईरहेको भन्ने बुझाई जनमोर्चाका नेता तथा कार्यकर्तामा छ । जनमोर्चाको राम्रो पकड भएको यस जिल्लामा माओवादी–एमाले–जनमोर्चा चुनावी तालमेल गर्दा जनमोर्चालाई एकओटा केन्द्रिय सांसद मात्र दिने भन्ने उनीहरुको प्रस्ताव नै अहँकारी भएको बुझाई जनमोर्चाका नेता तथा कार्यकर्तामा छ ।

केन्द्रमा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति बिच चुनावी तालमेल गरेर जाने सहमति भएको छ । सोही अनुरुप नेपाली कांग्रेसले पनि प्रजातान्त्रिक शक्तिहरु सहितको ध्रुविकरण खोजिरहेको छ । पछिल्लो समयमा केन्द्रमा जे भयो बागलुङको राजनिति पनि धेरै फरक हुने कुरा त भएन तर केही फरक भने अवश्य हुने देखिएको छ ।

बागलुङमा बामहरुमा मुख्य गरि ३ वटा शक्तिको राम्रो पहिचान छ । नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा । अहिले सम्म अधिकांश निर्वाचनमा एमाले र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गर्दै आएका छन् । तर अहिले केन्द्र देखि नै माओवादी र एमाले बिच चुनावी तालमेल गर्ने सम्झौता भइसकेको छ भने अर्को राम्रो शक्ति भएको राष्ट्रिय जनमोर्चा कुन दल संग तालमेल गर्ने भन्नेमा निर्णय गरिसकेको छैन ।

बाम तालमेलको हल्ला चलिरहँदा कांग्रेसमा ज्यादा खटपट भइरहेको छ । जिल्लामा एमाले, माओवादी र राष्ट्रिय जनमोर्चा हुँदा जिल्ला बामहरुले ‘क्लिन स्वीप’ गर्छन भन्ने त्रास छ । त्यो स्वाभाविक पनि हो । बागलुङमा अधिकांश बाम नेता तथा कार्यकर्ताहरु ‘बाम सेन्टिमेन्ट’बाट नै बढ्ता परिचालित छन् । बाम सेन्टिमेन्टकै कारण त्यो नहोला भन्न पनि सकिंदैन ।

तर अहिले सम्मको घट्ना क्रमले बाटो फरक बनाइरहेको छ । बाम सेन्टिमेन्टको कुरा गरिरहँदा एमाले–माओवादीको चुनावी एकताले उनीहरुमा बढ्ता अहँकार पलाईरहेको भन्ने बुझाई जनमोर्चाका नेता तथा कार्यकर्तामा छ । जनमोर्चाको राम्रो पकड भएको यस जिल्लामा माओवादी–एमाले–जनमोर्चा चुनावी तालमेल गर्दा जनमोर्चालाई एकओटा केन्द्रिय सांसद मात्र दिने भन्ने उनीहरुको प्रस्ताव नै अहँकारी भएको बुझाई जनमोर्चाका नेता तथा कार्यकर्तामा छ । तर एमाले–माओवादीको मात्रै तालमेलले कांग्रेसलाई हराउन नसक्ने भएकाले एमाले–माओवादीले जनमोर्चाको साथ जरुर खोजिरहेका छन् ।

बाम तालमेलको नाममा चुनावमा एमालेले पटक–पटक जनमोर्चालाई धोका दिएको र बागलुङमा जनमोर्चा सिद्धाउन लागि परेको भन्दै एमाले सँग कुनै पनि हालतमा तालमेल गरिनु हुन्न भन्ने धारणा एकथरिमा पाइन्छ ।

एमाले–माओवादीको तालमेल लगायतका केही घट्नाक्रमहरुले पछिल्लो समयमा कांग्रेस–जनमोर्चाको सम्बन्ध नजिकाएको देख्न सकिन्छ । आस्थाका हिसाबले अत्यन्त बिपरीत रहेका यी दुई पार्टीहरु चुनावी कुरामा भने नजिकिएको पाइन्छ । बाम तालमेलको नाममा चुनावमा एमालेले पटक–पटक जनमोर्चालाई धोका दिएको र बागलुङमा जनमोर्चा सिद्धाउन लागि परेको भन्दै एमाले सँग कुनै पनि हालतमा तालमेल गरिनु हुन्न भन्ने धारणा एकथरिमा पाइन्छ । तर चुनाव जसरी पनि जित्नु पर्छ भन्ने रणनितिमा लागेकाले कांग्रेस–जनमोर्चालाई नजिकाएको छ । जिल्ला समन्वय समितिको निर्वाचनमा ख्याल पु-याउन नसक्दा कांग्रेसले ब्योहोरेको क्षतिबाट पाठ सिक्दै कांग्रेस पनि जसरी हुन्छ प्रतिनिधी र प्रदेशको चुनाव बागलुङमा जित्ने रणनीतिमा छ । शुन्य हुनु भन्दा जनमोर्चा संगै तालमेल गरेर अगाडी बढ्ने ध्यानमा रहेको पाइन्छ । जसरी ३ बामहरु मिल्दा जिल्ला बामहरुले ‘क्लिन स्वीप’ गर्न सक्छन् । काग्रेस–जनमोर्चा मिल्दा पनि माओवादी र एमालेलाई सोही संकट पार्न सक्ने एक थरिको विश्लेषण छ । यसले बाम एकताबाट त्रसित कांग्रेसलाई ठूलो राहत मिल्नेछ ।

कांग्रेस–जनमोर्चाको भावनात्मक सम्बन्ध सुधार्न आजकल केही तर्कहरु गर्ने गरिन्छ । जिल्लामा अहिले सम्म नमिलेका जनमोर्चा–कांग्रेसलाई सामान्यीकरण गर्नको लागि स्थानीय तहको निर्वाचनमा प्युठानमा जनमोर्चा–कांग्रेस मिलेको दृष्टान्त दिइन्छ । त्यहाँ जनमोर्चाले रुखमा र कांग्रेसले गिलासमा पनि मतदान गरे । त्यति मात्र होइन रामवरण यादव राष्ट्रपति बन्ने क्रममा चित्रबहादुर केसीले मतदान गरेको र गिरिजा प्रसाद कोइरालाई प्रधानमन्त्री बन्दा समेत मतदान गरेको उदाहरण पेश गरिन्छ । कांग्रेस पूँजीवादी पार्टी र सर्वहाराको पार्टी जनमोर्चा बिचको चुनावी तालमेल होला या नहोला त्यो समयले बताउँछ । तर एमाले–माओवादीको चरित्रले बागलुङमा कांग्रेस–जनमोर्चालाई नजिक भने अवश्य बनाएको छ ।

लेखक- परिसूचन साप्ताहिकमा कार्यकारी संपादक हुन् ।
२०७४ असोज २४ ।
बागलुङ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *