बागलुङको पश्चिम भेगमा एनसेलको समस्याले सेवाग्राही मर्कामा

बिमल खड्का बुर्तिवाङ २०७४ असोज २४ । बागलुङ जिल्लाको पश्चिम क्षेत्र तथा आसपासका अन्य क्षेत्रमा केहि दिन यता एनसेलको नेटवर्कमा घरीघरी फोन सम्पर्क काटिने समस्या देखिन थाले पछि सेवाग्राहीहरुको गुनासो बढ्न थालेको छ। एनसेल प्रयोगकर्ताका अनुसार फोन हानेपछि नबुझिने फोन बुझिहाले पनि बिचमै नेटवर्क काटिने जस्ता समस्या देखिने बताएका छन ।

केहि दिन देखि यस्तो समस्या देखिन थालेपछि एनसेल प्रयोकर्ताले यस्को समधान गरिदिन एनसेललाई आग्रह गरेका छन । ईन्टरनेट पनि त्यति राम्रो सगँ काम नगरेकाले ईन्टरनेटको पहुचमा भएका प्रयोगकर्ताले पनि गुनासो गर्न थालेका छन । एनसेल कल सेन्टरमा फोन गरि बुझ्न प्राबिधिक समस्या भएकाले काम भईरहेको र छिटै समस्याको हल हुने बताएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *