छोराहरुले काटेको रुखले लागेर बाबुको मृत्यु !

बागलुङ २०७४ असोज २४ । छोराहरुले रुख काटिरहेको तल बसेर हेरिरहेका बाबुको रुखको काठ उछट्टिएर लाग्दा मृत्यु भएको छ ।

बागलुङ नगरपालिका- ६ सिममा छोराहरुले रुख काटिरहँदा तल बसीरहेको बाबु अन्दाजी ४५ वर्षीय तिलबहादुर कार्कीलाई काठले लागेर उपचारार्थ धौलागिरी अन्चल अस्पतालमा ल्याईएकोमा उनको मृत्यु भएको हो ।

मृतक कार्की पर्वत शालिजा ईलाका हुलाक कार्यालयमा कार्यलय सहायकमा कार्यरत रहेको पारिवारिक श्रोतले बतायो ।

तस्वीर- धौलागिरी अन्चल अस्पतालमा मृतकका आफन्तहरु ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *