रक्सी र मासुमा बिक्रि हुने भोटले सहि र सक्षम जनप्रतिनिधि छनोट हुन सक्दैन !

कमल राना, बागलुङ २०७४ असोज २४ । राष्ट्रिय जनमोर्चाको जनबर्गिय संगठन अखिल नेपाल युवक संघ बागलुङ जैमिनी नगर समितिले सोमबार देखि संगठनात्मक अभियान सञ्चालन गरेको छ ।

अभियान अन्तरगत जैमिनी नगार पालिका वडा न. १० राङखानीमा भएको युवाहरुको भेलाले सुरेश थापाको अध्यक्षतामा १३ सदस्यीय अखिल नेपाल युवक संघ वडा समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा ओमकार श्रीष, सचिवमा किरण थापा, सह–सचिवमा विरेन्द्र श्रीष र कोषाध्यक्षमा केदार आचार्य रहेका छन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय परिषद सदस्य कृष्ण थापाले युवाहरु राजनितिक रुपमा सचेत बन्नु पर्नेमा जोड दिए ।

युवाहरु सचेत नबन्दा सम्म रक्सी र मासुमा बिक्रि हुने भोटले सहि र सक्षम जनप्रतिनिधि छनोट नहुने बताउँदै थापाले युवाहरु राजनितिक रुपमा सचेत बन्नु पर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा राङखानीका टिका आचार्य, अखिल नेपाल युवक संघका केन्द्रिय परिषद सदस्य विरेन्द्र थापाले मंतव्य व्यक्त गरेका थिए ।
अखिल नेपाल युवक संघ जैमिनी नगर समितिका सदस्य निरबहादुर श्रीषको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मंतव्य सुरेश थापा र सञ्चालन श्रीप्रसाद थापाले गरेका थिए ।

त्यसै गरि अभियान अन्तरगत सोमबार नै जैमिनी ८ छिस्तीमा ।पनि युवाहरुको भेला सम्पन्न भएको छ । भेलाले जीवन पुनको अध्यक्षतामा १७ सदस्यीय अखिल नेपाल युवक संघ छिस्ती गठन गरेको छ ।

समितिको उपाध्यक्ष रामबहादुर श्रीष, सचिवमा प्रेमबहादुर थापा, सह–सचिवमा प्रमबहादुर पुन, कोषाध्यक्षमा विष्णु शर्मा रहेका छन् ।
सदस्यहरुमा बसन्ती क्षेत्री, कर्णबहादुर थापा, सूर्य थापा, राजिव क्षेत्री, सिताराम सर्बुजा, गोबिन्द थापा, शुसिला शर्मा, जङ्गबहाुदर थापा, सरिता थापा, इन्द्रबहादुर पुन रहेका छन् ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य डिलबहादुर श्रीष, युवक संघ जैमिनी नगर समितिका अध्यक्ष खगेन्द्र थापा, राष्ट्रिय जनमोर्चा कालिगण्डगी गाउँ पालिका सचिव सूर्य क्षेत्री, अखिल छैठौँ प्रदेश न.४ का अध्यक्ष अर्जुन शर्मा, अखिल नेपाल किसान संघका जिल्ला सचिव विरेन्द्र थापा, राष्ट्रिय जनमोर्चा छिस्तिका अध्यक्ष नुरबहाुदर पुनले मंतव्य व्यक्त गरेका थिए ।

वक्ताहरुले युवाहरु उत्पादनमुलक कार्यमा लाग्नु पर्नेमा जोड दिएका थिए ।

अखिल नेपाल युवक संघका जीवन पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मंतव्य दलबहादुर क्षेत्री र सञ्चालन तारा थापा गर्नु भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *