अनुगमन टोलीव्दारा बरामद गरिएका अखाद्य बस्तु नष्ट !

बागलुङ २०७४ असोज २४ । जिल्ला प्रशासन कार्यालय बागलुङको प्रतिनिधी सहितको बजार अनुगमन टोलीले नियन्त्रणमा लिईएका अखाद्य बस्तुहरु सोमबार नष्ट गरिएको छ ।

समय समयमा बजार अनुगभन गर्दा बजारमा भेट्टिएका म्याद गुज्रिएका विभिन्न उपभोग्य बस्तु, अखाद्य बस्तु, बिना लेभल विक्रीमा राखिएका बस्तु आदि अनुगमन टोलीले नियन्त्रणमा लिईएका बस्तुहरु सोमबार प्रहरी, पत्रकार समेतको रोहबरमा जलाएर नष्ट गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय बागलुङको परिसरमा अनुगमनका अवसरमा बरामद गरिएका प्रयोग गर्न नहुने बस्तुहरु नष्ट गरिएको थियो ।

तस्वीर सौजन्य- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *