बुर्तिबाङमा कोजाग्रत पुर्णिमा मेला जारी : पुरुष तथा महिला भलिबलको सेमिफाईनल आज !

बुर्तिबाङ २०७४ असोज २४ । बुर्तिबाङ राईजिङ युवा क्लब बुर्तिबाङव्दारा सञ्चालित कोजाग्रत पुर्णिमा मेला बुर्तिबाङमा जारी छ । गत असोज २० गते उद्घाटन भएको कार्यक्रम आज पाचौँ दिन हो । मेला प्रारम्भ भएसँगै विभिन्न लोक कलाकारहरुको सांगीतिक प्रस्तुतिले तातेको बुर्तिवाङमा पुरुष एवं महिला भलिबल प्रतियोगिता समेत सन्चालन भएका छन् ।

अहिले सम्मकै सर्बाधिक पुरस्कार राशी राखिएको भलिबल प्रतियोगिताको आयोजना गरिएको भएतापनि प्रतियोगितामा सहभागी टीम संख्या भने न्यून रहेको आयोजकले बताएका छन् । बिगत वर्षको पूर्णिमा मेलामा दुई दर्जन टीमले भलिबल प्रतियोगितामा भाग लिएका थिए । मेलामा सन्चालित पुरुष भलिबल प्रतियोगितामा १० टिमले भाग लिएका छन् ।

सोमबार सम्म मुनि मुकुन्द समुह बुटवल, पन्चासे देउराली युवा क्लब राजकुत, सनराईज युवा क्लब जु्ग्जाखोला र छन्त्याल सँघ घोसाखाखानी सेमिफाईनलमा प्रबेश गरेका छन् । सेमिफाईनलको खेल आज २४ गते हुने छ । त्यस्तै महिला भलिबल प्रतियोगितामा न्यु मोर्डन एकेडेमी समुह ए र समुह बी बुर्तिबाङ, घुम्टे संरक्षण साँस्कृतिक समुह पाण्डबखानी र आयोजक समुह बिचको खेलमा न्यु मोर्डन समुह ए र बी सेमिफाईनलमा प्रबेश गरेका छन् । उनिहरुवीचको सेमिफाइनल खेल आजै हुँदै छ । घुम्टे साँस्कृतिक समुह पाण्डबखानी फाईनलमा प्रबेश गरेको छ ।

कार्यक्रमका अबसरमा गरिएको डान्स तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भईसकेका छन् । ताराखेल प्रतियोगिता जारी छ ।

तस्वीर : दिपक पराजुली, बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *