राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङव्दारा उम्मेद्वार सिफारिस

कोपिला कंडेल, बागलुङ्ग, २०७४ असोज २३ । राष्टिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति बागलुङले प्रतिनिधि सभा एवं प्रदेश सभा सदस्य निर्वाचनको लागि निम्न उम्मेदवारको नाम सिफारिस गरेको छ । पार्टीको बागलुङ्गमा सम्पन्न बैठकले बागलुङ जिल्ला क्षेत्र नं १ प्रत्यक्ष तर्फका उम्मेद्वार टिकाराम सापकोटा समानुपातिक तर्फ दिलविकास राजभण्डारी लाई छनोट गरेको छ । त्यसैगरी क्षेत्र नम्बर २ मा प्रत्यक्ष तर्फ चक्र बहादुर मल्ल , मान सिह , बागदल श्रीस र समानुपातिक तर्फ मिठु कुमारी मल्ललाई सिफारिस गरेको राप्रपा बागलुङ्गले जनाएको छ ।

प्रदेश सभा सदस्य निर्वाचन तर्फ प्रत्यक्षमा देवी प्रसाद कडेल , संजय खड्का , कृष्ण कुमारी शेरचन , रण बहादुर बोहरा ,हेमराज पन्त र समानुपातिक तर्फ ईश्वर राजभण्डारी ,नवीन चन्द सेर्वुजा रहनुभएको छ । बागलुङ जिल्ला क्षेत्र नं १ अन्तर्गत प्रदेश सभा क्षेत्र नं २ प्रत्यक्ष तर्फ लक्ष्मी प्रसाद सापकोटा , ललित बहादुर केसी , गोविन्द पौडेल र समानुपातिक तर्फ पुर्णेश्वर सापकोटालाई पठाएको राप्रपा बागलुङ्गका सचिव बिष्णु प्रसाद साप्कोटाले जानकारी दिए ।

बागलुङ जिल्ला क्षेत्र नं २ अन्तर्गत प्रदेश सभा प्रत्यक्ष तर्फ दुर्गा राज पाईजा , भीम प्रसाद काउचा र समानुपातिक तर्फ प्रेम बहादुर धर्तीलाई सिफारिस गरेको छ भने क्षेत्र नं २ अन्तर्गतको प्रदेश सभा क्षेत्र नं २ प्रत्यक्ष तर्फ निमबहादुर भण्डारी , भूना कुमारी चन्द , मेघध्वज मल्ल र समानुपातिक तर्फ दिपक कुवर क्षेत्री लाई सिफारिस गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *