जेष्ठ नागरिक दिवस : जेष्ठ नागरिक सम्मान श्रेष्ठ तथा असल बुहारी सम्मान राजभण्डारीलाई !

बागलुङ २०७४ असोज २३ । २७ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस बागलुङ सदरमुकाममा प्रभातफेरी र आमसभाको आयेजना गरि मनाईएको छ ।

प्रभातफेरी पछी जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापा, धौलागिरी अन्चल अस्पतालका मेसु डा सागर राजभण्डारी, स्थाविअ रामप्रसाद आचार्य लालचन्द्र राजभण्डारी,कृष्णबहादुर श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा जेष्ठ नागरिक कृष्णबहादुर श्रेष्ठलाई जेष्ठ नागरिक सम्मान प्रदान गरिएको थियो भने प्रतिभा राजभण्डारीलाई असल बुहारी सम्मान दिईएको थियो ।

कार्यक्रम साहित्कार काजी रोशनको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमकमा देवबहादुर श्रेष्ठले सम्मानित व्यक्तित्वहरुको परिचय दिएका थिए भने स्वागत मन्तव्य मविअ डिलकुमारी शर्माले गरेकी थिईन । कार्यक्रमको सन्चालन हरिप्रसाद उपाध्यायाले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *