राप्रपाले वर्तमान देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने

काठमाडौ २०७४ असोज २३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित वर्तमान सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

सत्ता साझेदार दल नेकपा(माओवादी) केन्द्रले प्रमुख प्रतिपक्ष दलसंग पार्टी एकता र चुनावमा सहकार्य गर्ने निर्णय गरे पश्चात सरकार अल्पमतमा पर्न सक्ने, राजनीतिक अस्थिरता खडा हुने तथा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नै धरापमा पर्न सक्ने संभावनालाई दृष्टिगत गर्दै चुनावको सुनिश्चताको निमित्त राप्रपाले यस्तो निर्णय गरेको बताईएको छ ।

राष्ट्रियता र प्रजातन्त्रको सदृढिकरण, पार्टीको एजेण्डाको सबलिकरण तथा मुलुकको आर्थिक सम्बृद्धिको लक्ष्य प्राप्त गर्न राप्रपाले आगामि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेस र अन्य प्रजातान्त्रिक शक्तिहरुसंग तालमेल तथा सहकार्य गर्नेपनि बैठकले निर्णय गरेको छ । बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन कार्य योजना पारित गरेको छ । साथै चुनावको तयारिको क्रममा देहाय बमोजिमका समितिहरु समेत गठन गरेको छ ।
यसैवीच राप्रपा सरकारमा जाने चर्चा छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *