शुभ दीपावली एवं दुदिलाभाटी युवा क्लबको वार्षिकोत्सवमा विविध कार्यक्रम गरिदै

गुमानसिँह भण्डारी, गल्कोट २०७४ असोज २३ । शुभ दीपावली तथा क्लबको दास्रो बार्षिक उत्सवको अवसरमा दुदिलाभाटी युवा क्लब दुदिलाभाटी ४ ले यहि असोज २८ गतेदेखि कार्तिक २ गतेसम्म बिबिध कार्यक्रम गर्ने भएको छ ।

गलकोट नगरपालिका वडा नम्बर १ दुदिलाभाटी साबिक दुदिलाभाटी ४ भाटीबजार, सिरबारे र गौदी टोलमा रहेका युवाहरु क्लबमा आवद्ध भई गत बर्ष जस्तै यस बर्ष पनि साबिक अन्तर वार्ड स्तरिय पुरुष भलिबल प्रतियोगिता, खुल्ला सामुहिक नृत्य प्रतियोगिता, खुल्ला एकल नृत्य प्रतियोगिता, घैटोफोर प्रतियोगिता, रस्साक्सी प्रतियोगिता आयोजना गरेको छ ।

कार्यक्रम सफल पार्नका लागी क्लबका आवद्ध सम्पुर्ण सदस्यहरुका बिचमा कार्य्बिभाजन गरिने क्लबका उपाध्यक्ष सन्तोष पुनले बताए । अन्तरवार्ड स्तरिय पुरुष भलिबल प्रतियोगिताका लागी साबिक गाबिस बाहिरका खेलाडिीहरुलाई खाना र बस्नका लागी बिषेश छुट दिईने क्लबका पुर्व अध्यक्ष सुनिल कुबरले बताए । शुभ दीपावली मेला तथा क्लबको बार्षिक उत्सवको तयारी तिब्र पारिएको क्लबका अध्यक्ष मिलन बिकले बताए ।

कार्यक्रमका अवसरमा आयोजना गरिएको साबिक खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ५१ ह्जार १ सय ११, द्धितिय पुरस्कार ३४ हजार ४ सय ४४ र तृतिय पुरस्कार १५ हजार ५ सय ५५ रहेको आयोजकले जनाएको छ । भलिबल प्रतियोगिताको प्रथम र द्धितिय पुरस्कार अमेरिकामा कार्यरत क्लबका क्रियाशिल सदस्य तथा बरिष्ठ खेलाडी दिवस पुन, केशब सुवेदी र जापानमा कार्यरत बरिष्ठ खेलाडी तथा क्लबका सहसचिव रेशम खत्रीले एकमुष्ट रुपमा प्रदान गर्ने घोषणा गरेका छन् ।

त्यस्तै तृतिय पुरस्कार क्लबका सदस्य तथा भारतीय सेनामा कार्यरत सागर खत्रीले प्रदान गर्ने बताएको आयोजकले जनाएको छ ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारको बिषेश साँगितिक प्रस्तुति रहने बताईएको छ । क्लबले प्रचार प्रसार, खेलमैदान ब्यवस्थापन, प्रायोजक खोज्ने कार्य तिब्र पारेको कार्यक्रम संयोजक भगवान बुढाले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *