पर्वत बिहादीको रानीपानी स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

माधब पराजुली, पर्वत २०७४ असोज २३ । गैर आवासीय नेपाली संघ रुसले पर्वत जिल्लाको बिहादी गाउपालिका रानीपानी स्थित स्थास्थ्य चौकीलाई आईतवार एउटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । सांसद विकास लम्साल,एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, गैर आवासीय नेपाली संघ रुसका अध्यक्ष रामेश्वर गौतम लगाएतको टोलीले रानीपानी स्वस्थ्य चौकीलाई २० लाख भन्दा बढी मुल्यको एम्बुलेन्स हस्तान्तरण गरेका थिए । सांसद लम्सालको पहलमा गैरआवासीय नेपाली संघ रुसले उक्त सहयोग उपलव्ध गराएको हो ।

सो एम्बुलेन्स हस्तारण गर्न गैर आवासी नेपाली संघका संस्थापक अध्यक्ष डा महतो लागाएतको टोली हेलिकोप्टर चढेर रानीपानी पुगेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी सांसद विकास लम्सालले पर्वतका २ नगरपालिका र ५ गाँउपालिकाका प्रत्यक स्वास्थ्य चौकीमा एम्बुलेन्स पु¥याउन पहल गरेको बताएका थिए । सामान्य रोग लाग्दा समेत समयमै अस्पताल पुग्न नसकेर अकालमै मृत्युको मुखमा पुग्नुपर्ने यहाँको बाध्यताले आफुलाई पहिलेबाटै छोएको बताउदै सांसद लम्सालले बाच्नु पाउनुपर्ने मानिसको पहिलो अधिकार रहेको र जनताको त्यही अधिकारको संरक्षण गर्ने क्रममा स्वास्थ्यलाई बढी प्रथमिकता दिएको बताए ।

एम्बुलेन्सको साँचो हस्तान्तरण गर्दै गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. महतोले ग्रामीण विपन्न क्षेत्रका जनताको स्वास्थ्य सुधार गर्न एम्बुलेन्सले सहयोग पु¥याउने बताउँदै मानवीय सेवाका क्षेत्रमा आगामी दिनमा पनि एनआरएनले थप सहयोग जारी राख्ने बताएका थिए ।

एम्बुलेन्स प्राप्त भएपश्चात स्थानीयहरुको धेरै वर्षदेखिको माग र आवश्यकता पुरा भएको तथा आकस्मिक विरामीहरुका लागि समयमानै अस्पताल पुर्याउन सहज हुने रानिपानी स्वास्थ्य चौकीका अध्यक्ष सूर्य बहादुर थापाले बताए ।

एम्बुलेन्स सेवा संचालन सँगै दक्षिण पर्वतको विहादी गाउँपालिका अन्तर्गत साविक रानीपानी, बर्राचौर, वहाकी, उरामपोखरा तथा पैंयु गाउँपालिकाका बासिन्दा लाभान्वित हुने छन् । उक्त क्षेत्रका बासिन्दाहरु सामान्य उपचारका लागि पनि स्याङ्जा, तथा पाल्पा जानुपर्ने बाध्यता रहेको छ ।

बैदेशिक रोजगारीको सिलसिलामा प्रवासमा रहेका नेपालीहरुबाट रकम जुटाएर स्वास्थ्य संस्थालाई एम्बुलेन्स प्रदान गरिएको गैरआ वासीय नेपाली संघरुसका अध्यक्ष गौतमले बताए । एम्बुलेन्स गाँउपालिकाले व्यवस्थापन गरी मानवीय सेवा अन्तर्गत सञ्चालनमा ल्याउने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *