बागलुङ नगरपालिका भ्रष्टपालिका बन्दै, अख्तियारी पत्र लुकाएर तल्लो दर्जाका कर्मचारी हाकिम !

बागलुङ २०७४ असोज २२ । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछी स्थानीय निकायमा पुगेका अधिकांश जनप्रतिनिधीहरु कसरी जनहितका काम गरेर लोकप्रिय बनौँ भन्ने भावनाले काम गरिरहेका छन भने कतै कतै मौकाको फाईदा उठाउन चूक्न हुन्न भन्ने बद्नियतपूर्ण कामहरु भैरहेको पनि देखिन्छ । आफुले चुनेर पठाएका प्रतिनिधीहरुको झण्डै ६ महिनाको कृयाकलापले जनताहरुले ‘को कति पानीमा…’ भनी मुल्याङकन गरिपनि सकेका छन् ।

बागलुङ जिल्लाका ६ गाउपालिका र ४ नगरपालिकाहरुमा सबभन्दा बढी, सदरमुकाम रहेको बागलुङ नगरपालिका चर्चामा आउने गरेको छ । जिल्लाका अन्य ९ स्थानीय निकायहरुको अगुवाको भूमिका निर्वाह गरेर अगाडी बढ्नु पर्ने बागलुङ नगरपालिका, विकास, निर्माण एवं जनहितका कार्यहरुमा भन्दा आर्थिक प्रलोभनमा लिप्त रहेको सार्वजनिकरुपमा टिप्पणी हुनुलाई नगरवासीले पचाउन सकेका छैनन् ।

पदासीन भएदेखीनै नगरप्रमुखका कृयाकलाप बढी बिबादास्पद रुपमा बाहिर आउन थालेका हुन् । केहि निकटतम कर्मचारीहरुको आपसी सल्लाहमा कार्यालयको दैनिक प्रशासन चलिरहेको मात्र नभएर आर्थिक अनियमितताले कार्यालय नै गन्हाउन थालेको छ । फोहोर व्यवस्थापन मात्र होईन, आर्थिक बाँडफाँड समेत अपारदर्शी रहेको छ । यता उता जे गरेर हुन्छ व्यक्तिगत फाईदा खोज्ने नगरप्रमुखको नियत र त्यस्लाई कार्यरुपमा परिणत गरेरै सहयोग पुराउने केहि माहिर कर्मचारीको सहयोगले नगरपालिका भ्रष्टपालिकामा परिणत हुन थालेको देखिन्छ ।

आफुले भने चाहे जस्तो कानूनले नहुने कामहरुमा तत्कालीन कार्यकारी अधिकृत सुवास कुमार लामिछानेको असहयोग भएपछी सिधै मन्त्रालयमा सचिवलाई फोन गरेर उनलाई सरुवा गराउन सफल नगरप्रमुख र उनका मतियार कर्मचारीको साँठगाँठबाट, सरुवा भएर जाने कार्यकारी अधिकृत लामिछानेले २०७४ असोज ८ गते कार्यालयका दोश्रो तहका उपसचिव धनप्रसाद पोखरेललाई दिएको लिखित अख्तियारी (निमित्त प्रमुख) को पत्र समेत गुपचूप पारेर नगरपालिकामा ब्रह्मलुट मच्चाएको रहस्य खुल्न आएको छ ।

मन्त्रालयबाट सरुवा भएका कार्यकारी अधिकृत नारायण सापकोटा कार्यालयमा उपस्थित भै नसकेका र निमित्त प्रमुखको पत्र लुकाएर हालसम्म स्व:घोषित निमित्त प्रमुख बनेकाहरुकै रजाईमा नगरपालिका सन्चालन हुनुले बागलुङ नगरपालिकालाई भ्रष्टपालिका भन्नु अनुपयुक्त नहुने नगरवासीले बताएका छन् । नगरप्रमुखले, कार्यकारी अधिकृत लामिछानेले नियमानुसार उपसचिव पोखरेललाई दिएको निमित्त प्रमुखको पत्र समेत लुकाएर आफन्त नातेदारबाट कार्यालय सन्चालन गर्नुपछीको कारण भ्रष्टाचार बाहेक अर्को के हुनसक्छ ? अख्तियारी पत्र नै गुपचूप पारेर निमित्त हुने र यसमा सहयोग पुराउने प्रमुखलाई कार्बाही हुन पर्दैन ? भन्ने नगरवासी प्रश्न गरिरहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *